Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा राजमार्ग विस्तारमा अवरोध पु¥याएका रुखहरु काटिने – Gaule Khabar

चितवनमा राजमार्ग विस्तारमा अवरोध पु¥याएका रुखहरु काटिने

चितवनमा राजमार्ग विस्तारमा अवरोध पु¥याएका रुखहरु काटिने

किशोर खनाल
चितवन,माघ ५-

पूर्वपश्चिम राजमार्ग विस्तारमा अवरोध पु¥याउने सबै खालका रुखहरु काटिने भएको छ ।

राजमार्ग विस्तार गर्दा अवरोध पु¥याएका रुखहरु काट्नलाई मन्त्रिपरिषद्ले नै स्वीकृत दिइसकेको हुँदा अब राजमार्ग विस्तार गर्दा अवरोध पु¥याउने सम्पूर्ण खालका रुखहरु काट्न सकिने जिल्ला वन कार्यालयका प्रमुख केदारनाथ पौडेलले जानकारी दिए । ‘चितवनको राजमार्गमा परेका रुखहरु काट्न वनले सबै प्रक्रिया पूरा गरिसकेको छ, अब सडक विभागले आफ्नो खर्चमा राजमार्गको रुख काट्न सक्छ’ वन कार्यालयका प्रमुख पौडेलले भने, ‘काटेपछि रुखका सम्पूर्ण चिजबिज वनलाई बुझाउनुप¥यो ।’ रुख काटेपछि वन कार्यालयले रुखको लिलाम गर्न सक्ने बताइएको छ ।

डिभिजन सडक कार्यालय भरतपुरले वन कार्यालयलाई पत्र पठाएर चितवन जिल्लामा पर्ने राजमार्ग विस्तारमा परेका साल, सिसौलगायतका रुखहरु काट्नलाई अनुमति मागिसकेको छ । राजमार्गमा परेको रुखले सडक दुर्घटनाको सम्भावना प्रवल रहने र नगरको शोभा पनि कुरुप देखिने हुनाले काट्नको लागि अनुमति मागिएको डिभिजन सडक कार्यालयका प्रमुख सुशीलबाबु ढकालले बताए । ‘सालका रुख काट्नलाई वन कार्यालयले अनुमति दिए सडक डिभिजनले आफ्नो खर्चमा रुख काट्नेछ’ डिभिजन सडक कार्यालयका प्रमुख ढकालले भने ।

जिल्ला वन कार्यालयले राजमार्गमा परेका रुखहरुको जाँचबुझ गर्न इलाका वन कार्यालय आँपटारीलाई पत्र पठाएको छ । इलाका वन कार्यालय आँपटारीले पनि वस्तुस्थिति खुलाएर रुख काट्नलाई सिफारिस गरेको वन कार्यालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताए ।

‘विशेषगरी भरतपुरको वीरेन्द्र क्याम्पस अगाडि रहेको विशाल सालको रुखलगायत राजमार्ग विस्तारमा परेका सम्पूर्ण रुखहरु काट्न जरुरी छ, वनले काट्नको लागि सम्पूर्ण पक्रिया पूरा गरेको छ, यसमा सडक डिभिजन कार्यालय नै अगाडि बढ्नुपर्छ’ प्रवक्ता पौडेलले भने, ‘ रुख नकाटिएको समाचार आएको भोलिपल्ट सडकले पत्र पठाएर चासो दिएपछि वनले रुख काट्नलाई सबै प्रक्रिया पूरा गरेको हो ।’

इलाका वन कार्यालय आँपटारीले राजमार्गमा परेका रुखहरु काट्न जरुरी रहेको बताएको छ । ‘राजमार्गमा परेको रुखले दुर्घटना पनि हुन सक्ने र नगरको शोभा पनि कुरुप देखिने भएकाले काट्नु मनासिब छ भनेर इलाका वन कार्यालयले सिफारिस गरेको छ’ इलाका वन कार्यालय आँपटारीका सहायक वन अधिकृत शान्ति शर्माले भनिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका