करेन्ट लागेर एक किशोरको मृत्यु

करेन्ट लागेर एक किशोरको मृत्यु

बैतडी, मंसिर २९ –

करेन्ट लागेर आज बिहान दार्चुलामा एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दार्चुला धौलाकोट– ४ का १८ वर्षीय सुरेन्द्र सिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले राससलाई जानकारी दिनुभयो ।

बिहान ७।३० बजे घरको छतमा लुगा सुकाउने क्रममा घरमाथि रहेको बिजुलीको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका धामीको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा बिहान ९ बजे मृत भएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ