Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
माघ १५ गतेभित्रै आयोगलाई ऐन÷कानून दिए जेठको पहिलो हप्ता निर्वाचन गर्न सकिन्छ ः प्रमुख आयुक्त डा. यादव – Gaule Khabar

माघ १५ गतेभित्रै आयोगलाई ऐन÷कानून दिए जेठको पहिलो हप्ता निर्वाचन गर्न सकिन्छ ः प्रमुख आयुक्त डा. यादव

माघ १५ गतेभित्रै आयोगलाई ऐन÷कानून दिए जेठको पहिलो हप्ता निर्वाचन गर्न सकिन्छ ः प्रमुख आयुक्त डा. यादव

काठमाडौं, ४ माघ-

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले माघ १५ गतेभित्रै निर्वाचन आयोगलाई ऐन÷कानूनहरु दिएमात्रै जेठको पहिलो हप्ता स्थानीय तहको निर्वाचन गर्न सकिने बताएका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त डा. यादवले यस्तो बताएका हुन्। उनले भने,‘अहिले स्थानीय तहको निर्वाचनको बारेमा कसैले चैत्रमा चुनाव हुने भनेका छन्, कसैले बैशाखमा भनेका छन्, त कसैले जेठमा गर्ने कुराहरु आईरहेका छन्, आयोग अचम्मित बनेको छ।’’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अब चैत्रमा चुनाव हुन नसक्ने दाबी गरे। उनले थपे,‘अब चैत्रमा चुनावमा हुन सक्दैन्, बैशाख २८÷२९ गते निर्वाचन सुरु गर्ने हो भने जेठको पहिलो हप्तासम्म निर्वाचन सम्पन्न गर्न सकिन्छ।’ उनले आयोगले अहिले पूरानै ऐन तथा कानूनहरु अनुसार काम गरिरहेको समेत जनाए।
प्रमुख आयुक्त डा. यादवले स्थानीय निर्वाचन चरणबद्ध रुपमा गर्नुपर्ने समेत बताए। उनले भने,‘स्थानीय निर्वाचन चरणबद्ध रुपमा गर्नुपर्छ, दुई वा तीन चरणमा गर्नुपर्छ, त्यसको लागि सूरक्षा निकायहरुसँग समन्वय गर्नुपर्छ।’ उनले दलीय सहमति वा रानीतिक समझदारी भए प्रतिनिधि सभाको निर्वाचनपनि गर्न आयोग तयार रहेको स्पष्ट पारे।

डा. यादवले भने,‘निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुनुपर्छ, आयोगले प्रतिवेदन दियो भने र १६५ वटै निर्वाचन क्षेत्र निर्धारण भएर अघि बढियो भने आयोगलाई आपत्ति छैन्।’ उनले पहिले प्रदेश वा प्रतिनिधि सभाको निर्वाचन गर्ने हो भने पनि संभव रहेको बताए। दुवै निकायको चुनाव एकैचोटि गर्न संभव भएपनि प्राविधिक रुपमा समस्या हुने उनको भनाई थियो।
यादवले विस २०७० सालको संविधान सभाको निर्वाचनपछि बनेको पहिलो सरकारको प्राथमिकता छ महिनाभित्र स्थानीय निकायको निर्वाचनको गराउने थियो त्यो हुन नसक्नु दुःखद भएको टिप्पणी गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका