Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जन्मदर्ता गराउँदा उपहार – Gaule Khabar

जन्मदर्ता गराउँदा उपहार

जन्मदर्ता गराउँदा उपहार

दमक,माघ ४ –

जन्म दर्ता प्रभावकारी बनाउन झापाको लखनपुर गाविसले “ह्याप्पी बेबी गिफ्ट प्याक” उपहार कार्यक्रम सुरु गरेको छ ।

यही माघ १ गतेदेखि गाविसले समयमा नै घटना दर्ता गराउने सेवाग्राहीलाई उपहार दिन थालेको हो । जन्मदर्ता गराउने क्रमलाई प्रेरित गर्न जन्मिएको ३५ दिनभित्रमा नै जन्मदर्ता गराउँदा उपहार दिने व्यवस्था सुरु गरिएको गाविस सचिव राजकुमार शाक्यले बताउनुभयो ।

उहाँका अनुसार गाविसलाई बालमैत्री गाविस घोषणाका लागि सहयोग पु¥याउन सो नौलो कार्यक्रम थालिएको हो । उक्त सेवा लिँदा गाविसले शिशुका लागि आवश्यक पर्ने सेम्पु, साबुनलगायत पोका नै उपहार दिने गर्छ ।
गाविसले सो कार्यक्रम सञ्चालन गराउन चालु आवका लागि रु तीन लाख रकम विनियोजन गरेको छ । उक्त कार्यक्रम झापामा नै पहिलो नौलो कार्यक्रम भएको सचिव शाक्यले जिकिर गर्नुभयो ।
उपहार लिनका लागि सेवाग्राहीले शिशु जन्मिएको प्रमाणपत्र पेस गर्नुपर्ने, शिशुले पहिलो खोप बिसिजी लगाएको हुनुपर्ने, परिवारले अनिवार्य रुपमा शौचालय बनाएको हुनुपर्ने जस्ता मापदण्ड राखिएका छन् ।

उक्त कार्यक्रमबाट गाविसले अघि सारेका खुला दिसामुक्त, पूर्णखोपयुक्त लगायत कार्यक्रमको प्रभावकारितामा सघाउ पुग्ने बताइएको छ । गाविसको स्वास्थ्य चौकीमा मासिक ४५ शिशुले नियमित रुपमा खोप लिँदै आएका छन् । कार्यक्रमबाट वार्षिक पाँच सयभन्दा बढी अभिभावकले सेवा लिने अपेक्षा गरिएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका