Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
लोकमान गएपछि बल्ल कर्मचारी र नेताको सातो फर्कियो : प्रधानमन्त्री – Gaule Khabar

लोकमान गएपछि बल्ल कर्मचारी र नेताको सातो फर्कियो : प्रधानमन्त्री

लोकमान गएपछि बल्ल कर्मचारी र नेताको सातो फर्कियो : प्रधानमन्त्री

आबुधावी, माघ  ३ –

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले लोकमानलाई अयोग्य घोषणा गरेपछि कर्मचारी र नेताहरुको सातो फर्किएको बताएका छन् ।

संयुक्त राज्य इमिरेट्सको निमन्त्रणामा युएई पुगेका उनले नेपाली जनप्रगतिशिल मञ्च युएईले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले अख्तियारको अनावश्यक आतंकले सबैको सातो गएको धारणा राखे ।

‘अख्तियार भनेको सतर्क गराउने हुनुपर्नेमा अख्तियार भनेपछि सातो जाने, प्रधानमन्त्री भनेर कोही डराउँदैन अहिले नेपालमा,’ उनले भने, ‘मन्त्रीभन्दा पनि त्यति खास डराउँदैनन्, तर अख्तियार भनेपछि सचिवहरुको पनि सातो जान्छ, डाक्टर इन्जिनियरहरुको पनि सातो जान्छ, विद्वान प्रोफेसरहरुको पनि सातो जान्छ ।’

अदालतको आदेश र सदन खुलेपछि महाअभियोग प्रस्ताव सर्वसम्मतले सिफारिस समितिमा पठाएपछि अहिले अलि सातो फर्किएको उनले बताए ।

‘नबिराउनु नडराउनु भन्ने कर्मचारीतन्त्रभित्रको चर्चित उखानै छ,’ उनले भने, ‘तर नबिराए पनि डराउनुपर्ने अवस्था थियो अख्तियार आतंकले । डामेपछि त डामिहाल्यो ।’ उनले लोकमानलाई सर्वोच्चले अयोग्य घोषणा गरेपछि अब सकरात्मक वातावरण बन्ने धारणा राखे ।

उनले एक फरक प्रसंगमा प्रधानमन्त्री प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउन पृथ्वीनारायण शाहको प्रयोग मान्य नहुने बताएका छन् । ज्ञानेन्द्रजस्तो निरंकुश मान्छेलाई फर्काउनको लागि पृथ्वीनारायणको नाम कसैले लिए पनि सतर्क हुनुपर्ने उनको विचार थियो ।

उनले काठमाडौंका धनी राजाहरु भोग विलासमा मस्त भएकोले पृथ्वीनारायण शाहले एकीकरणको नेतृत्व लिनुपरेको जिकिर गरे । ‘पृथ्वीनारायण शाहले जनताको भलोको लागि एकता गर्छु भनेका थिए कि थिएनन् बहसकै विषय छ,’ उनले भने, ‘शक्तिशाली राजा बन्छु र शक्तिशाली र विशाल नेपालको सम्राट हुन्छु भन्ने चाहनाले अगाडि बढ्दै जाँदा इतिहासको भौतिकवादी व्याख्याका अनुसार जनताको भावनासँग मेल खान गयो ।’

उनले टुक्रेटाक्रे राजा हुनुभन्दा नहुनु नै जाति र धेरै राजालाई कर तिर्नु पर्दैन भन्ने जनताको भावनासँग एकीकरण अभियान मेल खाँदै गएकोले उनी सफल भएको धारणा राखे ।

उनले एक फरक प्रसंगमा मधेसबिनाको काठमाडौंको कल्पना गर्न नसकिने र काठमाडौंबिना पनि मधेस नरहने भन्दै मधेसीलाई लिएर निर्वाचनमा जान सरकार प्रयासरत रहेको धारणा राखे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका