काठमान्डौं,पुस ८-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित कार्यकारी प्रमुख लोकमान सिंह कार्कीले आफूलाई कालोमोसो दल्नेलाई कारवाही नगरि रिहार्ई गर्न आग्रह गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा विज्ञप्ती निकालेर उनीहरुलाई रिहा गर्न आग्रह गरेका हुन् ।
हिरासतमा लिईएका कालोमोसो लगाउने व्यक्ति गोटीमात्र भएको र आफ्नो तेजबोध गर्न कसैले बनाएको योजना कार्यान्वयन गर्ने कारीन्दा मात्र भएको भन्दै उनले उनीहरु वास्तविक अपराधी नभएको बताएका छन् ।
उनले भनेका छन्
-सम्मानित सर्वोच्च अदालतको तारिख लिन जाने क्रममा अति सम्बेदनशिल मानिने कार्यकक्षभित्र पौष ७ गते म माथि दुर्व्यवहार गर्ने दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको भन्ने जानकारी मैले पाएको छु ।
-सुरक्षाकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा दर्शाएको तत्परताको म सराहना गर्दछु । तर, हिरासतमा लिईएका व्यक्ति जो सुकै भएपनि ति कसैका गोटी मात्र हुन र मलाई तेजोबध गर्ने उदेश्यले कसैले बनाएको योजना कार्यान्वयन गर्ने कारिन्दाका रुपमा मात्र मैले तिनलाई बुझेको छु ।
-वास्तविक अपराधी पर्दापछाडि भएको र केही महिना यता मेरा विरुद्द विभिन्न प्रकारले षडयन्त्रमूलक योजना बनाउनेहरू कानून र प्रहरीको नियन्त्रणमा आउनेस्थिती तत्काल नदेखिएको हुंदा ती अवोध कारिन्दालाई कुनै कारवाही नगरी रिहा गरिदिन हुन म सुरक्षा निकायलाई यसै विज्ञप्ति मार्फत अनुरोध गर्दछु ।