Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कलैयामा आठ सय बालबालिका कुपोषित – Gaule Khabar

कलैयामा आठ सय बालबालिका कुपोषित

कलैयामा आठ सय बालबालिका कुपोषित

कलैया,माघ ९ –

जिल्ला जनस्वास्थ्य कार्यालय बाराले आव ०७२÷७३ मा दुई वर्षमुनिका १८ हजार आठ सय १० बालबालिकाको तौल परीक्षण गर्दा ४।२८ प्रतिशत अर्थात् आठ सय छ जनामा कुपोषण देखिएको छ ।

कार्यालय प्रमुख रोशनलाल चौधरीका अनुसार बारा खाद्यान्न, दूध, माछा र मासु उत्पादनमा आत्मनिर्भर मानिन्छ । सो कार्यालयको गत आव ०७१÷७२ को तथ्याङ्कानुसार भने ५।०६ प्रतिशत कुपोषित रहेको कार्यालयका तथ्याङ्क प्रमुख रामनरेश यादवले बताउनुभयो ।

बालबालिकाको शारीरिक, मानसिक तथा शैक्षिक विकासका लागि पोषणयुक्त सन्तुलित भोजन हुन जरुरी भएको तर जनचेतना, शिक्षा र गरिबीले गर्दा पर्याप्त मात्रामा उत्पादित खाद्यवस्तुको सही तरिकाबाट उपभोग नगरेको हुनाले बालबालिका कुपोषित भएको जनाइएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका