Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मनसुन इन्फेक्सनबाट कसरी जोगिने – Gaule Khabar

मनसुन इन्फेक्सनबाट कसरी जोगिने

मनसुन इन्फेक्सनबाट कसरी जोगिने

पुस ७ –

यो मौसममा हावामा ओस बढ्नुका साथै विभिन्न ठाउँमा जम्ने फोहोर पानीका कारण झिंगा वा लामखुट्टे मौलाउँछन् र रोग फैलने खतरा बढी हुन्छ । रुघा, खोकी भाइरल ज्वरो, पेटमा इन्फेक्सन, छालामा फंगल इन्फेक्सन आदि यो मौसममा हुने सामान्य समस्या हुन् भने मलेरिया, पिलिया, हैजा, डेंगु, स्वाइन फ्लु आदि गम्भीर रोगहरू हुन् । सरसफाइ अत्यावश्यक मनसुनमा आफ्नो शरीर तथा वरपरको वातावरणको सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्छ । सफा र फिल्टर गरिएको पानीको सेवनमा सुनिश्चितता हुनुपर्छ । यो मौसममा गाग्रीको पानी पिउनु हुँदैन । यदि घरमा फिल्टर छैन भने पानी उमालेर पिउनुपर्छ । आफ्नो घरलाई सधैं सफा राख्नुपर्छ र शिशुको हाइजिनमा विशेष ध्यान पुर्‍याउनुपर्छ । वषरको मौसममा पानीको ट्याङ्की, खुल्ला नाली आदिको सफाइ अत्यावश्यक हुन्छ । छतमा जम्ने पानीका कारण रसाएको तथा ओसिएको भित्ताको समस्या समाधानका लागि पर्याप्त तयारी गर्नु आवश्यक छ । लामखुट्टे भगाउन मस्किटो रिपलेन्ट्स र झुल प्रयोग गर्नुपर्छ । कुलर पनि नियमित रूपमा सफा गर्नुपर्छ र त्यसमा लामखुट्टे मौलाउन दिनुहुँदैन । संक्रमणबाट जोगिने उपाय वषरको पानीमा भिजेपछि सफा पानीले नुहाउनुका साथै नियमित रुपमा कुनै राम्रो साबुनले हात धुँदा यो मौसममा छालामा हुने संक्रमणबाट बच्न सकिन्छ । आफू स्वयं पनि हातको सरसफाइमा ध्यान पुर्‍याउनु पर्छ र शिशुमा पनि साबुन पानीले हात धुने बानी लगाउनुपर्छ । विशेषगरी खाना खानुपूर्व, ट्वाइलेटबाट आएपछि, स्कुलबाट घर आएपछि, पार्क वा बाहिर खेलेर आएपछि हात धुन लगाउनुपर्छ । हात धुने साबुन मेडिकेटेड र एन्टिब्याक्टेरियल होस् भन्ने कुरामा विचार पुर्‍याउनुपर्छ । नुहाउने पानीमा पनि डेटोलको एक९दुई थोपा हाल्नाले संक्रमणबाट जोगिन सकिन्छ । रोगप्रतिरोधक क्षमता वृद्धि हाम्रो शरीरको इम्युन सिस्टमले हामीलाई गम्भीर रोगबाट जोगाउँछ । वास्तवमा यो हाम्रो शरीरको रोगप्रतिरोधक क्षमता हो जसका कारण हामी स्वस्थ रहन्छौं । विज्ञहरूका अनुसार एन्टिबायोटिक औषधिहरूको अत्यधिक सेवन, हानिकारक रेडिएसनको सम्पर्क, विषालु रसायन, कोर्टिकोस्टेरायडको अत्यधिक सेवन आदिले हाम्रो रोगप्रतिरोधक क्षमतालाई कमजोर बनाउँछ । अतः जतिसम्म हुन्छ, त्यसबाट जोगिनुपर्छ । जुन बालबालिका चाँडै९चाँडै बिरामी हुन्छन्, उनीहरूको रोगप्रतिरोधक क्षमतालाई स्वस्थ दिनचर्या र सन्तुलित आहारबाट मजबुत बनाउन सकिन्छ । जौ, चना, गहुँ, चामल आदि रेसायुक्त खाद्यपदार्थले हाम्रो पाचनतन्त्रलाई बलियो बनाउँछन् । पोषकतत्त्वको सेवन विभिन्न खाद्यपदार्थमा रोगप्रतिरोधक क्षमता बढाउने पोषकतत्त्व हुन्छ जसको नियमित सेवनले व्यक्ति रोगको चंगुलमा पर्दैन । अश्वगन्धा, केसर आदि जडीबुटी यी तत्त्वबाट पूर्ण हुन्छन् । यिनबाट तनाव हट्छ भने शरीरलाई पर्याप्त ऊर्जा पनि प्राप्त हुन्छ । यिनले विभिन्न रोगबाट पनि शरीरलाई टाढा राख्छन् । जौ, गहुँ, चामल, अमला आदिले पाचनक्रियालाई स्थिर राख्छन् । ताजा फल र हरियो सब्जी एन्टी अक्सिडेन्ट्सबाट भरपुर हुन्छ । यिनलाई बढी पकाउनाले पोषकतत्त्व नष्ट हुन्छ । त्यसैले सम्भव भएसम्म काँचै खानु राम्रो हुन्छ, जसबाट इम्युन सिस्टम सुदृढ हुन्छ । संक्रमणबाट जोगिनुपर्छ यदि घरमा कोही बिरामी छ भने उसको सम्पर्कमा आएपछि वा उसको केही कुरा छोएपछि हात धुनुपर्छ । घरमा कोही नवजात शिशु छ भने उसलाई बोक्नु वा खेलाउनुपूर्व हात धुनुपर्छ । यति गरे संक्रमणबाट जोगिन सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका