Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पट्याएर शुटकेस झैँ बोक्न मिल्ने स्कुटर – Gaule Khabar

पट्याएर शुटकेस झैँ बोक्न मिल्ने स्कुटर

पट्याएर शुटकेस झैँ बोक्न मिल्ने स्कुटर

पुस ५ –

सहरमा गाडिको संख्या बढेसँगै पार्किङ गर्ने ठाउँको पनि अभाव हुँदैछ । जथाभावी पार्किङले सहर पनि कुरुप बनाउँदैछ । सायद यहीँ विश्वव्यापी समस्याको हल खोज्ने क्रममा हंगेरीको एक कम्पनीले फोल्ड गरेर शुटकेसलाई जस्तो गरी गुडाउन मिल्ने स्कुटरको निर्माण गरेको छ । एन्ट्रो ग्रुप कम्पनीले निर्माण गरेको यो पट्याउन मिल्ने स्कुटर ब्याट्रीबाट चल्छ । मोभियो नाम दिइएको यो स्कुटर सडकमा २८ किलोमिटर प्रतिघण्टाको गतिमा कुँदाउन सकिन्छ । जम्माजम्मी तौल २५ किलो रहेको यो स्कुटरको ब्याट्री एकपटक पूरा चार्ज गरेपछि २२ माइलसम्म गुृड्छ । जबकी ब्याट्री फूल चार्ज हुन जम्मा एक घण्टा मात्र लाग्छ । यो स्कुटर बिच भागबाट पट्याएर ठ्याक्टै शुटकेस जस्तो बनाउन सकिन्छ अनी मज्जाले घर वा अफिस भित्र लग्न सकिन्छ । पट्याउँदा धूलोमैलो लाग्ने पांग्रा लगायतका भागहरु पूरै बाहिरी खोलभित्र पर्ने भएकाले यसको बाहिरी सुनौलो रङ मात्र देखिन्छ र झ्वाट्ट हेर्दा त्यो स्कुटर हो भन्न पनि गाह्रो पर्छ । अर्को वर्षको सुरुबाट यो मोड्न मिल्ने स्कुटर बजारमा पठाउने लक्ष्य कम्पनीको रहेको छ । यसको मुल्य युरोपेली बजारमा २ हजार पाउण्ड तोकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका