Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रजिअ सिंहलाई भैरहवामा स्वागत – Gaule Khabar

प्रजिअ सिंहलाई भैरहवामा स्वागत

प्रजिअ सिंहलाई भैरहवामा स्वागत

भैरहवा, मंसिर १७–
उद्योग व्यापार संगठन, रुपन्देहीले रुपन्देहीका नयाँ प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहसंग स्वागत तथा परिचयात्मक कार्यक्रम गरेको छ ।
कार्यक्रममा संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले प्रजिअलाई स्वागत गर्दे व्यापार संगठनले गर्दै आएका विभिन्न खालका कार्यक्रमहरु र यस क्षेत्रमा देखिएका प्रमुख समस्याहरुका बारेमा जानकारी गराएका थिए ।
भर्खर मात्र आउनुभएका प्रजिअ सिँहले यस क्षेत्रका प्रमुख समस्याहरुलाई प्राथमिकतामा राखी समस्या समाधानमा यथाशिघ्र पहल गर्ने बताए । उनले बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउने बताए ।
कार्यक्रममा संगठनका निर्वतमान अध्यक्ष खिमबहादुर खत्री, कोषाध्यक्ष सचिन रोक्का, सचिव दर्पण श्रेष्ठ, सचिवालय सदस्य राम मिलन यादव, लुम्बिनी शाखा अध्यक्ष कृष्ण बहादुर गुरुङ, तिलोत्तमा शाखा अध्यक्ष दीपक गैरे, संगठनका सल्लाहकारहरु सुरेन्द्र बस्याल, चोपलाल आचार्य, जगत रायमाझी, रामु अधिकारी, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय उपाध्यक्ष मनिष कुमार जोशी, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनका अध्यक्ष रामचन्द्र रेग्मी, मदिरा व्यवसायी संघ रुपन्देहीका उपाध्यक्ष मृगेन्द गोविन्द श्रेष्ठ, लुम्बिनी मनि चेञ्जर व्यवसायी समितिका कार्यवाहक अध्यक्ष गोपाल भण्डारी, मोबाइल व्यवसायी संगठनका अध्यक्ष बैजनाथ गुप्ताको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संगठनका उपाध्यक्ष गिरीश चन्द्र त्रिपाठीको स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने महासचिव अनिल कुमार ज्ञवालीले संचालन गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका