Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बसपार्क बनाउने योजना अधुरै – Gaule Khabar

बसपार्क बनाउने योजना अधुरै

बसपार्क बनाउने योजना अधुरै

बागलुङ, पुस ५ –

दुई वर्षअघि सुरु भएको ‘बागलुङ बसपार्क’ निर्माण योजना अलपत्र परेको छ ।

राष्ट्रिय सडक सञ्जालसँग जोडिएको २५ वर्ष बित्दासमेत बागलुङमा व्यवस्थित बसपार्क निर्माण हुन सकेको छैन । बागलुङ नगरपालिका–११ का बासिन्दाले बसपार्क बनाउन रु ७० करोड बराबरको जग्गा निःशुल्क उपलब्ध गराउँदा पनि बसपार्क निर्माण कार्य अघि बढाइएको छैन ।

अवरुद्ध बनेको बसपार्क निर्माण कार्य अघि बढाउन दुई वर्षअघि स्थानीयवासीले साढे १७ रोपनी जग्गा नगरपालिकालाई हस्तान्तरण गरेका थिए । जग्गा हस्तान्तरणपछि जग्गा व्यवस्थापन तथा विकास समिति र बागलुङ नगरपालिकाबीच भएको सम्झौतामा छ महिनाभित्रै गुरुयोजना बनाएर बसपार्क निर्माणको काम अघि बढाउने उल्लेख छ । तर, सम्झौता भएको दुई वर्ष बित्दा पनि गुरुयोजनासमेत निर्माण हुन सकेको छैन ।

सम्झौतामा चार वर्षभित्रै बसपार्क निर्माणको काम पूरा गरिने उल्लेख छ । करोडौँ मूल्य बराबरको जग्गा निःशुल्क उपलब्ध गराउँदा पनि बसपार्क निर्माण नहुँदा जग्गादाता पनि आक्रोशित छन् । बागलुङ नगरपालिका कार्यालयले भने बसपार्कको गुरुयोजना बनाउने जिम्मा पाएको सहरी विकास कोष ९टिडिएफ०ले ढिलाइ गरेको आरोप लगाएको छ ।

नगरपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारीले गुरुयोजनाको पूर्ण प्रतिवेदन आएपछि काम अघि बढ्ने बताउनुभयो । ‘‘कन्सल्टेन्सीले ढिलो गरिरहेको छ, गत कात्तिकभित्रै प्रतिवेदन बुझाउने बताए पनि अझै प्राप्त भएको छैन”, अधिकृत अधिकारीले भन्नुभयो – “अन्तिम प्रतिवेदन आउनेबित्तिकै मापदण्डअनुसार बसपार्क निर्माणको काम अघि बढ्छ ।” बस्ती विकास र बसपार्क बनाउन स्थानीयवासीको ५९ रोपनी जग्गा व्यवस्थापन तथा विकास समितिको नाममा सारिएको थियो ।

जसमध्ये साढे १७ रोपनी जग्गामा ‘आधुनिक तथा बहृद्’ बागलुङ बसपार्क निर्माणका लागि नगरपालिकालाई दिइएको समितिका अध्यक्ष सुभाषचन्द्र राजभण्डारीले बताउनुभयो । अध्यक्ष राजभण्डारीले करोडौँ मूल्यको जग्गा निःशुल्क दिँदा पनि बसपार्क निर्माणको काम अघि नबढ्नु दुखद भएको बताउनुभयो । उहाँले तुरुन्त बसपार्क निर्माणको कामलाई अघि बढाउन नगरपालिकालाई आग्रह गर्नुभयो ।

“वर्षौंदेखि अलपत्र परेको बसपार्क निर्माणको काम अघि बढ्छ कि भनेर त्यत्रो जग्गा दियौँ, जग्गाधनीको ठूलो योगदान छ”, अध्यक्ष राजभण्डारीले भन्नुभयो – “नगरपालिका कार्यालयको ढिलासुस्ती र लापर्बाहीले अहिलेको अवस्था आएको हो ।” समितिको नाममा रहेको ५९ रोपनी जग्गामध्ये ५० प्रतिशत भने जग्गाधनीले फिर्ता पाउने भएका छन् । ५० प्रतिशतमध्ये नगरपालिकालाई दिएर बचेको १२ रोपनीमा बस्ती नक्साङ्कन, बाटो, ढल, नाली, पानी, बिजुली जस्ता पूर्वाधार निर्माण गरिनेछ । बाँकी रहेको जग्गा ‘प्लटिङ’ गरी जग्गाधनीलाई फिर्ता दिइने समितिले जनाएको छ ।

बसपार्कलाई आएको जग्गाबाहेक अन्य जग्गाको पनि व्यवस्थापन र पूर्वाधार निर्माणको काम नगरपालिकाले नै गर्ने सम्झौतामा उल्लेख छ । सहरी विकास गुरुयोजनाअनुसार सुविधासम्पन्न र आधुनिक बसपार्क निर्माण गरिने नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले जानकारी दिनुभयो ।

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको केन्द्र रहेको बागलुङमा व्यवस्थित बसपार्कको आवश्यकता खड्किँदै आएको छ । अहिले बागलुङ नगरपालिका–३ चिप्लेटीमा अव्यवस्थित रुपमा अस्थायी बसपार्क सञ्चालित छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका