Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बुढी राप्ती तटबन्धनको लेखा प्रतिवेदन सार्वजनिक – Gaule Khabar

बुढी राप्ती तटबन्धनको लेखा प्रतिवेदन सार्वजनिक

बुढी राप्ती तटबन्धनको लेखा प्रतिवेदन सार्वजनिक

चितवन, पुस ३–

पूर्वी चितवन नदि ब्यवस्थापन तथा जिविकोपार्जन सुधार कार्यक्रमको दोस्रो चरण अन्तर्गत कयर खोला बुढि राप्ति तटबन्धन निर्माण योजनाको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ ।
रत्ननगर–५ मा आइतबार एक कार्यक्रमको आयोजना गर्दै योजनाको सम्पूर्ण विवरण सार्वजनिक गरिएको हो । कयरखोला बुढी राप्ती तटबन्धन निर्माण योजना उपभोक्ता समितिका अध्यक्ष शिवप्रसाद आचार्यले आयोजनाबारे चर्चा गरेको कार्यक्रममा समितिका सचिव दिपेन्द्र चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदनअनुसार आयोजनाका लागि विभिन्न स्रोतबाट ५२ लाख १५ हजार १ सय २१ रुपैयाँ बजेट जुटेको र ५१ लाख ०६ हजार ९ सय ३२ रुपैयाँ खर्च भएको छ । आयोजनामा ८ हजार १८९ रुपैयाँ मौज्दात रहेको सचिव चौधरीले जानकारी दिए । लोथर राप्ति ड्याक संरक्षण समिति प्रमुख तथा अनुगमन प्रमुख नरायण वनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम समितिका अध्यक्ष आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा खैरहनी नगरपालिकाका योजना तथा अनुगमन अधिकृत तेजराज भण्डारी, वडा नागरिक मञ्च वडा नं ५ का अध्यक्ष लिलावति चौधरी, ५ र ६ नं वडाका सचिव रामशरण न्यौपाने लगायतले बोलका थिए । समितिकी कोषाध्यक्ष रिता चौधरीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका