Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पर्सा वन्यजन्तु संरक्षण कार्यालयमा १६ बाघ – Gaule Khabar

पर्सा वन्यजन्तु संरक्षण कार्यालयमा १६ बाघ

पर्सा वन्यजन्तु संरक्षण कार्यालयमा १६ बाघ

वीरगन्ज, पुस ५ –

पर्सा वन्यजन्तु संरक्षण कार्यालय आधाभार बारामा पहिलो चरणको गणना हुँदा सन् २०१५÷१६ मा १९ बाघ रहेको पाइएको छ ।
बाघको स्थितिबारे अनुगमन गर्ने उद्देश्यले सञ्चालित बाघ गणना १६६ एकाइ बनाएर सुरु गरिएको राष्ट्र प्रकृति संरक्षण कोष अमलेखगन्जका संरक्षण अधिकृत शशाङ्क पोडेलले बताउनुभयो । प्रत्येक एकाइमा २५२ किमी क्षेत्रफल र एक जोडी क्यामरा जडान गरी ६६ वटा एकाइमा पहिलोचरणको काम सम्पन्न भएको छ ।

क्यामरा ट्रयापिङ प्रविधिबाट बाघगणना गरिएको छ । तीन चरणमा सो काम सम्पन्न गरिने छ । जुलोजिकल सोसाइटी अफ लन्डन नेपाल कार्यालयको आर्थिक सहयोग र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा सो गणना सुरु गरिएको छ ।

राष्ट्रिय बाघ गणना अन्तर्गत सो आरक्षणमा सन् २०१३ । १४मा मा सात र सन् २०१४÷१५ मा १० वटा बाघ रहेको कार्यालयले जनाएको छ । पर्सा, बारा तथा मकवानपुरका वन समेटेको सो आरक्षणको क्षेत्रफल ६२७। ३६ वकिमी छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका