Gaule Khabar
शुक्रबार, मंसिर १६, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

१३ करोडको कारोवार गर्दै तिलोत्तमा महोत्सव सकियो

  • admin
  • सोमवार, पुस ४, २०७३
[sharethis-inline-buttons]
१३ करोडको कारोवार गर्दै तिलोत्तमा महोत्सव सकियो

बुटवल,पुस ४  –

 तिलोत्तमा उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा गत मंसिर २३ गतेदेखि शुरु भएको औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोतसव करिव १३ करोडको कारोवार गर्दै सोमबार सकिएको छ ।

उक्त महोत्सव अवधिभरमा साढे ३ लाख बढी दर्शकले अवलोकन गरेको र मेला भित्र करिव १३ करोडको कारोवार भएको संघका कोषाध्यक्ष तथा महोत्सवका आर्थिक व्यबस्थापन संयोजक ज्ञानेन्द्र कार्कीले बताउनु भयो । मेलाको समापन गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले मेलाले उद्योगी व्यबसायी र उपभोक्ताको बिचमा पुलको काम गरेको विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पछिल्लो समयमा मेला तथा महोत्सव फेसनको रुपमा बिकास हुनुको साथै मेला भित्र विकृति पनि बढेको उल्लेख गर्दै उहाँले तर उक्त महोत्सवमा सत्मार्ग देखिएको बताउनु भयो । उक्त मेलामा सहभागि भएका उत्कृष्ट उद्योगका स्टलहरुलाई सम्मान सहित पुरस्कृत गरिएको छ । त्यस्तै प्रायोजक तथा मेला सञ्चालनमा सहयोग पु¥याउने संघसंस्था तथा व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।

संघका अध्यक्ष तथा मेला आयोजक मुल समितिका संयोजक गुणानिधी भण्डारीको अध्यक्षतामा भएको समापन समारोहमा मुख्य प्रायोजक भुसाल ट्रक्याटरका सञ्चालक बालकृष्ण भुसाल, नेपाली काँग्रेस क्षेत्र नं. ३ रुपन्देहीका सभापति प्रेमबहादुर फौदार, बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष उज्वल कसजु, पश्चिम नेपाल बस व्यबसायी संघका अध्यक्ष दधिराम खरेल, मेला सहआयोजक संस्था तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, राष्ट्रिय उद्योग व्यापार संगठनका दिपक गैरे, स्टल प्रतिनीधि खिमलाल पाण्डे, महिला उद्यमी ज्ञानु पाण्डे लगायतले मेला अत्यन्तै सौहार्दमय वातावरणमा सम्पन्न भएको बताएका थिए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद खरेलले स्वागत तथा महासचिव माधवलाल देवकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

सिङ्गिङ्मा सितल र डान्सिङ्मा अमन उत्कृष्ट

तिलोत्तमा उद्योग बाणिज्य संघले आयोजना गरेको औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सवमा सञ्चालन गरिएको सिङ्गिङ् आईकनमा सितल लामिछाने प्रथम भएका छन् । त्यस्तै आयुस गुरुङ् द्वितीय र सञ्जय गलामी तृतीय भए ।

त्यस्तैगरी डान्सिङ् आईकनमा अमन राना प्रथम, मेनुका राई द्वितीय र कृष्टिला गुरुङ् तृतीय भएकी छन् । उक्त दुई प्रतियोगितामा प्रथम हुनेलाई जनही ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजार रुपैंया नगद पुरस्कार प्रदान गरिएको सांस्कृतिक कार्यक्रम संयोजक धनबहादुर गुरुङ्ले बताउनु भयो ।

त्यस्तै लोक तथा दोहोरी गीत प्रतियोगितामा लोक तथा दोहारी गीत प्रतिस्ठान रुपन्देही प्रमथ भएको थियो भने एस के म्युजिक बुटवल द्वितीय भएको थियो । उक्त दोहोरी गीत प्रतियोगितामा लोक तथा दोहारी गीत प्रतिष्ठान स्याङ्जा तृतीय र गोधुली रोधी घर बुटवल सान्त्वना भएका थिए । उनीहरुले क्रमश ४० हजार, २५ हजार १५ हजार र १० हजार रुपैंया नगद पुरस्कार प्राप्त गरेका छन् ।

[sharethis-inline-buttons]

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ