Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मन्त्रीले सरुवा गरिदिने भन्दै महिलासँग यौन प्रस्ताव राखेपछि… – Gaule Khabar

मन्त्रीले सरुवा गरिदिने भन्दै महिलासँग यौन प्रस्ताव राखेपछि…

मन्त्रीले सरुवा गरिदिने भन्दै महिलासँग यौन प्रस्ताव राखेपछि…

एजेन्सी । भारतको कर्नाटक राज्यका एक सिनियर मन्त्रीको सेक्स टेप सार्वजनिक भएको छ । सेक्स स्क्यान्डल सार्वजनिक भएपछि कंग्रेस आई पार्टीका ७१ वर्षीय मन्त्री एचवाई मोतीले पदबाट राजीनामा दिएका छन् ।

सूचनाको हक्सम्बन्धी एक अभियन्ताले महिलासँग आपत्तिजनक अवस्थामा रहेको भिडियो टेप देखेको भन्ने अभिव्यक्ति सञ्चार माध्यममा सार्वजनिक गरेपछि उनले राजीनामा गरेका हुन् । मन्त्री मोतीले ती महिलासँग सरुवा गर्न यौनसम्पर्कको प्रस्ताव राखेको ती अभियन्ताले दाबी गरेका छन् ।

त्यहाँको स्थानीय टेलिभिजन च्यानलले मन्त्री मोती र ती महिलाबीच भएको भनिएको यौनसम्पर्कको भिडियो धमिलो पारेर प्रसारण गरिरहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

तर, मोतीले भने आफ्नो त्यस्तो कुनै पनि सेक्स टेप नभएको दाबी गर्दै छानबिनको माग गरेका छन् ।उनले छानबिनमा पूर्ण रुपले सहयोग गर्ने बताएका छन् । यस विषयलाई लिएर कर्णाटक राज्यको राजनीति तातेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका