Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मत्स्य महोत्सवमा पशुपति शर्माले झुमाए दर्शक – Gaule Khabar

मत्स्य महोत्सवमा पशुपति शर्माले झुमाए दर्शक

मत्स्य महोत्सवमा पशुपति शर्माले झुमाए दर्शक

चितवन, पुस ४–

चितवनको भरतपुरमा जारी ‘दोस्रो चितवन मत्स्य महोत्सव–२०७३’ मा चौथो दिन सोमबार दर्शकहरुले सांगितिक महोलमा झुमेका छन् ।
अन्य दिनभन्दा निकै भरिभराउ बनेको महोत्सव स्थलमा चर्चित लोकदोहोरी गायक पशुपति शर्माले दर्शहरुलाई खुबै नचाए । उनले चर्चित गीतहरु नेपाल अमेरिका पनि यही, जापान पनि यही लगायत बोलका चर्चित गीतहरु गाए । साथै उनले गायिका दुर्गा सापकोटासंग दोहोरी नै खेले । जसले गर्दा हजारौंको संख्यामा उपस्थित दर्शकहरुले माछाको स्वादसंगै संगीतको मज्जा लिए ।

15628672_1464847840232544_820264906_o
भरतपुरस्थित औद्योगिक प्रदर्शनी मैदानमा जारी महोत्सवमा दर्शकहरुले हरेक दिन सांगितिक मज्जा लिईरहेका छन् । आज चर्चित गायक पशुपति शर्मासंगै गायिका दुर्गा सापकोटा, गायक रमेशराज भट्टराई, दीपक खड्कालगायत स्थानीय कलाकारहरुले बेजोड प्रस्तुती देखाएको साँस्कृतिक संयोजक हरिप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँले भोली मंगलबार) अन्तिम दिन चर्चित राष्ट्रिय गायक रमेशराज भट्टराई, डान्सर विनु खड्का, गायिका सम्झना भण्डारी, गायक दीपक खड्कालगायतले प्रस्तती दिने जानकारी दिनुभयो । भोली विहान ११ बजे समापन समारोहपछि साँस्कृतिक कार्यक्रमले निरन्तरता पाउने महोत्सव मुल आयोजक समितिका संयोजक रमेश पाण्डेले जानकारी दिनुभयो ।

15609428_1464848023565859_434937207_o
महोत्सवमा आज चौथो दिनसम्म ३० हजार भन्दा बढि दर्शकले अवलोकन गरेको प्रचार–प्रसार समितिका संयोजक लुलाराज तामाङले जानकारी दिनुभयो । उहाँले दर्शकहरुको संख्या दिनप्रतिनि बढ्दै गईरहेको बताउनुभयो ।

महोत्सवको विशेष आकर्षणको रुपमा आधुनिक प्रविधियुक्त माछा पोखरी प्रदर्शनी, माछाका परिकार, थारु विशेष खानाका परिकार, माछा बनाउने तथा खाने तरिकाको बारे जानकारी, राष्ट्रिय एवंम स्थानीय कलाकारहरुको प्रस्तुती रहेको महोत्सव सचिवालय सदस्य नारायण शर्माले जानकारी दिनुभयो । महोत्सवमा ४५ वटा स्टल रहेका छन् । महोत्सवमा प्रवेशका लागि ३० र २० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । टिकट लिएर प्रवेश गर्नेहरुका लागि माछाको सुप निःशुल्क समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

नेपाल मत्स्य व्यवसायी संघ चितवन र जिल्ला कृषि विकास कार्यालय चितवनको संयुक्त आयोजनामा जारी महोत्सव पुस ५ गतेसम्म भरतपुरस्थित औद्योगिक प्रदर्शनी स्थल मैदानमा चल्ने छ । ‘स्वदेशी माछा खाऔं, स्वस्थ रहौं’ भन्ने नाराका साथ सुरु भएको महोत्सवको कृषि राज्य मन्त्री राधिका तामाङले शुक्रबार समुद्घाटन गर्नुभएको थियो । भोली समापन समारोहमा भने प्रमुख अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट रहनु हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका