Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भारतले राप्रपा मिलाइदिएको र एमाले फुटाउन खोजेको भनेपछि संसदमा होहल्ला – Gaule Khabar

भारतले राप्रपा मिलाइदिएको र एमाले फुटाउन खोजेको भनेपछि संसदमा होहल्ला

भारतले राप्रपा मिलाइदिएको र एमाले फुटाउन खोजेको भनेपछि संसदमा होहल्ला

काठमाडौँ, मंसिर १९–

 

व्यवस्थापिका संसदको बैठकमा भारतले राप्रपालाई एकीकरण गराएको र एमाले बिभाजन गर्ने प्रयास भइरहेको भनिएपछि केहीबेर होहल्ला भएको छ ।

आइतवार संसद बैठक शुरु हुनासाथ प्रमुख विपक्षी एमाले लगायत अन्य साना बामपन्थी पार्टीका सांसदहरु उठेर बैठकमा अवरोध सिर्जना गरेका थिए ।

विपक्षी सांसदहरु उठेपछि सभामुख ओनसरी घर्ती मगरले नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापा मगरलाई बोल्ने समय दिइन् ।

उनले संविधान संसोधन नेपाली जनताको माग नभई भारत सरकारको चाहना बमोजिम हुन लागेको भन्दै त्यसमा समर्थन जनाउन नसकिने बताइन् । उनले भारतले आफ्नो अनुकुल संविधान संसोधन गराउन दुई तिहाई बहुमत पुर्‍याइदिनकै लागि राप्रपा र राप्रपा नेपालको एकीकरण गराएको र एमाले फुटाउन समेत षड्यन्त्र गरिरहेको बताएकी थिइन् ।

सांसद थापा मगरले त्यसो भन्नासाथ राप्रपाका सांसदहरु उठेर आपत्ति जनाएका थिए । उनीहरुले त्यो भनाईर् संसदको रेकर्डबाट हटाउन सभामुखसँग माग गरेपछि केहीबेर होहल्ला भयो ।

सांसद थापा मगरले भारतीय दूतावासमा गएर भोज खाने मधेशी मोर्चाका नेताहरुले मधेशी जनताको नाममा भारत सरकारको सेवकको काम गरिरहेको आरोप लगाइन् ।

विदेशीको इशारामा ल्याएको संविधान संसोधन बिधेयक फिर्ता नभएसम्म संसद बैठक अघि बढ्न नदिने बताएपछि सभामुखले केहीबेर विपक्षी सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरिन् ।

तर प्रमुख विपक्षी सहित विपक्षी दलका सांसदहरु आ आफ्नो आसनबाट उभिएर बसेको अवस्थामा संसदको कारवाही अघि बढ्न नसक्ने भन्दै सभामुखले मंसिर २२ गतेसम्मका लागि बैठक स्थगित गरेको संसद सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका