Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अब नेपालमै ब्लड क्यान्सर परीक्षण हुने – Gaule Khabar

अब नेपालमै ब्लड क्यान्सर परीक्षण हुने

अब नेपालमै ब्लड क्यान्सर परीक्षण हुने

काठमाडौं,पुस ३-

नेपालमा पहिलोपटक ब्लड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि भित्रिने भएको छ । काठमाडौंको वीर अस्पतालले ब्लड क्यान्सर एवं स्तन क्यान्सर भए/नभएको पत्ता लगाउने अत्याधुनिक प्रविधि भित्रयाउन लागेको हो ।

अस्पतालले ‘जेनटिक मोलिक्युल’ युनिट खडा गरेपछि क्यानसरको सम्भाव्यता पत्ता लगाउने थप प्रविधि भित्र्याउने तयारी गरेको अस्पतालका जेनेटिक वैज्ञानिक बलराम गौतमले जानकारी दिएका छन् । उनका अनुसार नयाँ प्रविधि भित्रिएपछि क्यान्सर रोगको पहिचानसँगै उपचार पनि सहज हुने छ ।

वीर अस्पतालमा अहिले दुईवटा जेनेटिक युनिट छ । उक्त युनिटले कुनै पनि रोग वंशाणुगत भए/नभएको पत्ता लगाउने छ । वंशाणुगत रोगमा सिकलसेल एनिमिया, डीएनए, क्यान्सर, हेपाटाइटिस बी, हेपाटाइटिस सील लगायत पर्छन् ।

अस्पतालको योजना अनुरुप काम अघि बढेमा अबको एक/दुई दिनपछि नै नयाँ प्रविधिद्वारा क्यान्सरको सम्भाव्यता पत्ता लगाउन सकिनेछ ।

कतिपय क्यान्सरजन्य रोगहरुमा ९५ प्रतिशत क्यान्सर लागिसकेपछि निको हुने सम्भावना न्युन हुन्छ । कुनै पनि विरामीमा क्यान्सरको मात्रा मापन गर्नुलाई चिकित्सकीय भाषामा फिलाडेल्पिmया क्रोमोजोम टेस्ट भनिन्छ ।

अस्पतालमा स्तन क्यान्सरको जाँचका लागि ‘हर्टोन्यू टेस्ट/जाँच पनि सुरु भएको छ । त्यस्तै अस्पतालले फोक्सोमा हुने क्यान्सरको मापन र जाँच र उपचार प्रविधि पनि भित्रयाउँने तयारी गरेको अस्पतालका वैज्ञानिकहरुले बताएका छन् ।

अस्पतालको जेनेटिक मोलिक्युल विभागले विरामी र रोगमा आधारित रहेर विभिन्न आणुवंशिक रोगको जाँच तथा अध्ययनलाई व्यवस्थित गर्दै व्यक्तिमा आधारित जाँचलाई समेत निरन्तरता दिने जनाएको छ । अबको डेढ/दुई वर्षभित्र यो सेवा सुरु गर्नका लागि वीर अस्पतालको जेनेटिक मोलिक्युल विभागले अष्ट्रेलियाका प्रोफेसरहरुसित कुराकानी गरिरहेको वैज्ञानिक गौतमले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका