Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सात प्रदेशको बिरोधमा चितवनमा आमरण अनशन – Gaule Khabar

सात प्रदेशको बिरोधमा चितवनमा आमरण अनशन

सात प्रदेशको बिरोधमा चितवनमा आमरण अनशन

चितवन, पुस ३–

सात संघीय प्रदेशको बिरोधमा चितवनमा आमरण अनशन सुरु भएको छ । भरतपुर–१२ निवासी तारा बरालले अहिले सात संघीय प्रदेशको बिरोध गर्दै आमरण अनशन बसेकी छन् । उनले ११ शुत्रीय माग राख्दै शुक्रबारदेखी जिल्ला बिकास समिती चितवनको मुलद्धार अगाडी आमरण अनशन बस्दै आएकी छिन् ।

अहिलेको प्रदेश नम्बर ३, ४ र ६ मा कुनै पनि व्यापारीक नाका नभएकोले यी प्रदेशहरु अन्य प्रदेशसँग निर्भर हुनुपर्ने उनको भनाई छ । हाम्रो मुख्य व्यापार भारतसँग छ र हालको सिमाङकन अनुसार ३, ४ र ६ नम्बर प्रदेश भारतसँगको कुनै व्यापारिक नाकामा राखिएको छैन् । “देशको राजधानी रहेको प्रदेश नम्बर ३ मा समेत कुनै व्यापारीक नाका छैन्”– उनले भनिन् । कुनै प्रदेशमा दुईवटा नाका रहेको छ भने कुनैमा एउटा पनि छैन् । पहिलाको पाँच बिकास क्षेत्रलाई नै प्रदेश कायम गरे हरेक प्रदेशमा भारतसंँगको नाका रहने र सबै प्रदेश आत्मनिर्भर हुनसक्ने उनको तर्क छ ।

अहिलेको प्रदेश सिमाङकनले विश्व सम्पदामा सुचिकृत चितवन राष्टिय निकुञ्ज समेत छिन्न भिन्न हुने भन्दै पहिलाको पाँच बिकास क्षेत्रलाई नै प्रदेश कायम गर्नुपर्ने उनको माग छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका