ट्याक्टरले किच्दा बालिकाको मृत्यु

ट्याक्टरले किच्दा बालिकाको मृत्यु

बैतडी, पुस १–

ट्याक्टरले किच्दा अछाममा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धमाली–५ नारखोलाकी आठ वर्षीया मनिसा विक रहेको प्रहरी निरीक्षक गणेश महतले जानकारी दिनुभयो ।

बिहीबार कमलबजारबाट बेलखेततर्फ गइरहेको भे१त ७५०२ नं ट्याक्टरले नारखोला भन्ने स्थानमा पैदल हिँडिरहेकी बालिकालाई किच्दा घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक दैलेख घर भएका धनबहादुर विक फरार रहेको र ट्याक्टरलाई इलाका प्रहरी कार्यालय कमलबजारले नियन्त्रणमा लिएको छ ।

बालिकाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारमा राखिएको छ । फरार चालकको खोजी जारी रहेको छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ