Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
हेलिकप्टरको यात्रा र उँट मेलाको मुख्य आकर्षण – Gaule Khabar

हेलिकप्टरको यात्रा र उँट मेलाको मुख्य आकर्षण

हेलिकप्टरको यात्रा र उँट मेलाको मुख्य आकर्षण

नवलपरासी, पुस ३–

नवलपरासीको सुनवलमा जारी पश्चिमाञ्चलस्तरीय नवलपरासी औधोगिक व्यापार मेलामा हेलिकप्टरको यात्रा र मेलामा राखिएको उँट मुख्य आकर्षण बन्न पुगेको छ । अझ यसबाहेक कृतिम पोखरी बनाई दुईवटा डुङ्गा सञ्चालन भए पछि मेलामा थप रौनक छाएको हो ।

आजसम्म चल्ने व्यापार मेलामा किसानको उत्पादनलाई विशेष महत्व दिइएको छ । नवलपरासी जिल्लाको पहाड, मधेस र तराईका क्षेत्रमा उत्पादन भएका विभिन्न प्रकारका फलफूल तथा तरकारी जन्य उत्पादनलाई मेलामा विशेष प्राथमिकताका साथ प्रदर्शनमा राखिएको छ ।

मेलामा जिल्लाका १६६ वटा व्यावसायिक किसानले उत्पादन गरेका कृषिजन्य उत्पादन प्रदर्शनमा राखिएको छ । त्यस्तै मेलामा माटो परीक्षण गोबर परीक्षणलगायतका सुविधा पनि किसानलाई प्रदान गरिएको छ ।

मेलामा मुख्य प्रवेशद्वारमा भगवान् गौतमबुद्धको मायादेवी मन्दिर आकृति विशेष आकर्षणका रुपमा रहेको छ । शान्ति समृद्ध उद्योग र व्यापार राष्ट्र निर्माणको बलियो आधार मूल नाराका साथ आयोजित मेलामा ३०० कक्ष छन् ।
मेलामा नवलपरासी रुपन्देही, चितवनसहित छिमेकी भारतीय बजारबाट समेत विदेशी अवलोकनकर्ता आउने गरेका छन् । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका