Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सह प्रशासक कुटिएको भन्दै बीरेन्द्र क्याम्पसमा तालावन्दी – Gaule Khabar

सह प्रशासक कुटिएको भन्दै बीरेन्द्र क्याम्पसमा तालावन्दी

सह प्रशासक कुटिएको भन्दै बीरेन्द्र क्याम्पसमा तालावन्दी

चितवन , मंसिर २४–
चितवनको भरतपुर स्थीत बीरेन्द्र क्याम्पसको प्रशासनमा अनेरास्ववियुका विद्यार्थीहरुले आज अनिश्चिकालिन तालावन्दी गरेका छन् । क्याम्पसका सह प्रशासक राजेन्द्रप्रसाद पोखरेल माथि क्याम्पस प्रमुख गोविन्द सापकोटाको निर्देशनमा नेविसंघका केही कार्यकर्ताले अभद्र व्यवहार गर्दै हातपात गरेको भन्दै अनेरास्ववियुले तालावन्दी गरेको हो ।

इकाई अध्यक्ष लिलाराम पौडेलले आज बिज्ञप्ती जारी गरी क्याम्पस प्रमुखकै रोहवरमा नेविसंघका केही अपराधिक पृष्ठभूमि भएका ब्यक्ति लगाएर अभद्र व्यबहार गरेको जनाएका छन् । यसैबिच, अनेरास्ववियु चितवनले सह प्रशासक राजेन्द्र पोखरेल माथि योजनाबद्ध रुपमा अभद्र व्यबहार गर्न लगाउने क्याम्पस प्रमुख सापकोटाको राजीनामा माग गरेको छ ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष देवप्रसाद पाठकले बिज्ञप्ती जारी गर्दै क्याम्पस प्रशासनबाट नै अराजकता निम्ताउने र त्यसलाई प्रश्रय दिने काम भएको भन्दै तत्काल रोक्न माग गरिएको छ । विहिवार बिहान ११ बजे आफ्नै कार्यकक्षमा बसिरहेका बेलो नेविसंघका इकाई अध्यक्ष बच्चन कार्की सहितको एक समुहले सह प्रशासक पोखरेल माथि हातपात गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका