Gaule Khabar
सोमवार, साउन २३, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

कानुन मिचेर चन्द्रागिरि केवलकारलाई सरकारी वन

  • admin
  • शनिबार, पुस २, २०७३
कानुन मिचेर चन्द्रागिरि केवलकारलाई सरकारी वन

काठमाडौं, पुस २-

सरकारले ४० वर्षका लागि चन्द्रागिरिको ३६ हेक्टर बन क्षेत्र निजी कम्पनीलाई भाडामा दिँदा वन ऐन र नियमावली मिचेको पाइएको छ।
ऐन र नियमावलीमा भएको व्यवस्थालाई मिचेर सरकारले चन्द्रागिरिको महत्वपूर्ण वन क्षेत्र फडानी गरी केवलकार र होटल चलाउन काठमाडौं फनपार्क (चन्द्रागिरि हिल्स प्रा.लि)लाई बिना प्रतिश्पर्धा दिएको हो। उक्त क्षेत्र प्रतिमहिना २१ हजार रूपैयाँ मात्रै भाडामा दिइएको आजको कान्तिपुर दैनिकमा खबर छ ।
तत्कालिन प्रधानमन्त्री माधवकुमार नेतृत्वको कामचलाउन सरकारले २०६७ माघ १८ मा चन्द्रागिरिको ३६ हेक्टर (७ सय ९ रोपनी २ आना) क्षेत्र कबुलियती वनका रूपमा उपयोग गर्न दिने निर्णय गरेको थियो। उक्त प्रस्ताव तत्कालिन वन मन्त्री दीपक बोहोराले मन्त्रिपरिषदमा लगेका थिए। घना जंगलका साथै जैविक विविधता सरक्षण र पर्यावरणीय हिसाबले समेत उत्कृष्ट वन क्षे विनाश गर्दै त्यहाँ जथाभावि भौतिक संरचना बनाइरहेको छ। चन्द्रागिरि डाँडामा केबलकार मात्र नभइ वृहत प्रकृतिको होटल बनाउन डाँडा खन्ने क्रममा त्यो क्षेत्रमा वन विनाश र पहिरोको सम्भावना बढाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ