Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
छानविन समिति प्रतिवेदनःपूर्व गृहमन्त्री घिमिरे चढेको जीप दुर्घटनाको कारण ट्रकलाई ओभरटेक – Gaule Khabar

छानविन समिति प्रतिवेदनःपूर्व गृहमन्त्री घिमिरे चढेको जीप दुर्घटनाको कारण ट्रकलाई ओभरटेक

छानविन समिति प्रतिवेदनःपूर्व गृहमन्त्री घिमिरे चढेको जीप दुर्घटनाको कारण ट्रकलाई ओभरटेक

काठमाडौं,मंसिर २३-

पूर्व गृहमन्त्री माधव घिमिरेको जीप दुर्घटनामा परी बेपत्ता भएको घटनाका सम्बन्धमा छानविन गर्न गठन भएको छानविन समितिले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि समक्ष प्रतिवेदन बुझाएको छ ।

पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा गठित छानविन समितिले आज गृहमन्त्रालयमा निधिलाई आफ्नो प्रतिवेदन बुझाएको हो ।गत असोज ९ गते पोखराबाट काठमाडौं फर्कने क्रममा पूर्व गृहमन्त्री घिमिरे चढेको गाडी चितवनको दारेचोक नजिक घोप्टेभीरमा दुर्घटना भई त्रिशुली नदीमा खसेको थियो ।

छानविन समितिले बुझाएको प्रतिबेदनमा सो दुर्घटना आपराधिक उद्देश्यले नभएको र दुर्घटना भएको बेला गाडी पूर्व मन्त्री घिमिरेले नै चलाएको पनि उल्लेख छ ।ट्रकलाई ओभरटेक गर्ने क्रममा गाडी अनियन्त्रित भई दुर्घटना भएको समितिको प्रतिबेदनमा उल्लेख छ ।

प्रतिबेदन बुझ्दै उपप्रधानमन्त्री निधिले प्रतिवेदन कार्यान्वयन गर्न सरकार लागि पर्ने बताउनुभयो ।सोही समितिलाई धादिङको मार्पाकमा भएको बस दुर्घटनाको समेत छानविनको जिम्मेवारी दिइएको थियो ।समितिले आजै सो बस दुर्घटनाको प्रतिवेदन पनि उपप्रधान एंव गृहमन्त्री बिमलेन्द्र नीधिलाई बुझाएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका