Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संविधान संशोधनको विरोधमा परासी क्षेत्र बन्द – Gaule Khabar

संविधान संशोधनको विरोधमा परासी क्षेत्र बन्द

संविधान संशोधनको विरोधमा परासी क्षेत्र बन्द

परासी, पुस १ –

प्रदेश नं. ५ बाट पहाडी जिल्ला अलग बनाउने गरी संविधान संशोधन प्रस्ताव पेश गरेको बिरोधमा आज परासी क्षेत्र पूर्ण रुपमा बन्द छ ।

पुस १ देखि ३ गतेसम्म रुपन्देही जिल्लामा आमहड्ताल आव्हान गरे अनुरुप एमाले नवलपरासीले पनि प्रदेश नं. ५ मा पर्ने परासी क्षेत्र बन्द आव्हान गरेको हो । बन्दका कारण यस क्षेत्रका पसल, व्यवसाय, शैक्षिक संस्था पूर्णरुपमा बन्द छन् । बन्दका कारण सुनवलदेखि बर्दघाट पूर्ण रुपमा ठप्प छ । एमालेका कार्यकर्ताहरु सुनवल, भूमही, बर्दघाटलगायतका क्षेत्रमा बसेर बिरोध प्रदर्शन गरेका छन् ।

नवलपरासीको दाउन्ने पूर्वमा पर्ने नवलपुर क्षेत्र प्रदेश नं। ४ मा रहेका कारण त्यस क्षेत्रको जनजीवन भने सामान्य छ । दुम्किवासदेखि गैंडाकोटसम्मका सबै क्षेत्र खुला छन् ।

रुपन्देही जिल्ला ७२ घण्टासम्म बन्द रहने जनाएपनि परासी क्षेत्रमा भने साँझ ५ बजेदेखि सवारी साधनदेखि सबै क्षेत्र खुला रहने एमाले क्षेत्र नं। ४ का अध्यक्ष उमानाथ पोखरेलले जानकारी दिए । बन्द तीन दिनसम्म निरन्तर रहने एमाले परासीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका