Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एमालेसहित आठ दलले सडक र संसद्मा आन्दोलन चर्काउने – Gaule Khabar

एमालेसहित आठ दलले सडक र संसद्मा आन्दोलन चर्काउने

एमालेसहित आठ दलले सडक र संसद्मा आन्दोलन चर्काउने

काठमाडौं,पुस ४-

एमालेलगायतका विपक्षी दलहरुले संविधान संशोधनविरुद्ध सडक र संसद् दुवैमा आन्दोलन चर्काउने भएका छन्।

एमाले संसदीय दलको कार्यलयमा सोमबार बिहान बसेको एमालेसहितका आठ दलहरुको बैठकले सडक र सदन दुवैमा आन्दोलन चर्काउने निर्णय गरेको हो । संविधान संशोधन फिर्ता नलिएसम्म अब आन्दोलन नरोक्ने निर्णय भएको जानकारी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले  बताए।

एमालेलगायतका विपक्षी दलहरुले संविधान संशोधन फिर्ता लिनका लागि संगठित दबाब दिन र यसबारेमा जनसमुदायलाई सन्देश दिन पुस १७ गते खुलामञ्चमा विशाल आमसभा गर्ने निर्णय गरेका छन् । बैठकले संविधान संशोधन फिर्ता लिएर चुनावको घोषणा गर्नुपर्ने निर्णय पनि गरेको छ । संशोधनका नाममा संविधानलाई असफल बनाउने खेल भइरहेको निश्कर्ष बैठकले निकालेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका