Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भारतीय नोटको प्रभाव भन्सार राजस्वमा – Gaule Khabar

भारतीय नोटको प्रभाव भन्सार राजस्वमा

भारतीय नोटको प्रभाव भन्सार राजस्वमा

वीरगन्ज, पुस १–

भारत सरकारले पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाएपछि खुद्रा व्यापारी नआउँदा यसको प्रत्यक्ष प्रभाव भन्सार राजस्वमा परेको छ ।

भारतीय रुपैयाँको अभावका कारण तेस्रो मुलुकबाट आउने सामानको वीरगन्ज भन्सार कार्यालयलाई प्रभाव नपरे पनि साना तथा खुद्रा व्यापारका कारण पाँच प्रतिशतले असर परेको छ । भारतीय रुपैयाँ नेपालमा पाउन तथा भारतमा पनि बढी बट्टा लिने गरेकाले खुद्रा सामान आउन छाडेपछि भन्सार कार्यालयलाई दैनिक रु एक करोड ५० लाख नोक्सान हुने गरेको भन्सार अधिकृत अमित तिवारी बताउनुभयो ।

सालाखाला खुद्रा व्यापारबाट दैनिक रु तीन करोड राजस्व उठाउनुपर्नेमा रुपैयाँ अभावका कारण खुद्रा व्यापारी आउन छाडेपछि भन्सार कार्यालयले दैनिक डेढ करोड रुपैयाँ घाटा व्यहोर्दै आएको छ ।

खासगरी मोटरपार्टस, तयारी कपडा, खेलौना, श्रृङ्गारका सामान, निर्माण सामग्री, खुद्रा व्यापारमा पर्ने भएकाले नगद कारोबार गर्ने व्यापारीको व्यापारसमेत प्रभावित भएको छ । यहाँका अधिकांश व्यापारीले नयाँदिल्ली, कोलकत्ताबाट सामान ल्याउने भएकाले भारतीय थोक व्यापारीले नगदै रकम नदिई बैंक कारोबारमार्फत लिने गरेकाले पनि सो व्यापार प्रभावित भएको हो ।

यता नोटको अभावका कारण सीमावर्ती भारतीयबजार र रक्सौलको व्यापार ७५ प्रतिशतले प्रभावित भएको छ । सो बजारको व्यापार नेपाली ग्राहकमाथि निर्भर रहेकाले भारतीय रुपैयाँको अभावका कारण यहाँको व्यापार प्रभावित भएको भारतीय व्यापारीको गुनासो रहेको छ ।

पाँच सयभन्दा बढी व्यापारी रहेको रक्सौलबजारको ७५ प्रंतिशत ग्राहक नेपाली रहेकाले भारत सरकारले नोटबन्दीको निर्णय गरेपछि यहाँको व्यापार प्रभावित भएको रक्सौल टेक्सटायल, चेम्बर अफ कमर्सका अध्यक्ष अरुणकुमार गुप्ताले राससलाई बताउनुभयो । भारतीय रुपैयाँ अभावका कारण नेपाली ग्राहक तथा उपभोक्ता कम मात्रामा आउने गरेकाले नेपाली रुपैयाँको कारोबार गर्ने बढी बट्टा लिने गरेको छ ।

नेपालीले भारतका व्यापारीसँग सुलभ कारोबार गर्न पाओस् भनेर नेपाल सरकारले सीमामा सटही काउन्टर राख्नुपर्ने माग वीरगन्जका व्यापारीको रहेको छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका