Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
देउवा र ओलीको सवाल–जवाफ – Gaule Khabar

देउवा र ओलीको सवाल–जवाफ

देउवा र ओलीको सवाल–जवाफ

काठमाडौं, मंसिर २९–

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली र सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सवालजवाफ भएको छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईंले सात ठाउँमा हस्ताक्षर गरेको होइनः देउवा

प्रचण्डजीले जे प्रस्ताव राख्नुभयो, त्यसमा मेरो समर्थन छ । अहिलेको संशोधन प्रस्तावको सीमांकनका विषय त्यसवेला कांग्रेस र एमालेले सहमति गरेभन्दा फरक छैन । हाम्रो पार्टीका तत्कालीन सभापति सुशील कोइरालाले एक ठाउँमा हस्ताक्षर गर्नुभएको छ । तर, तपाईंले त त्यही प्रस्तावमा सात ठाउँमा हस्ताक्षर गर्नुभएको होइन रु अनि त्यही प्रस्ताव अहिले दर्ता गराउँदा किन फिर्ता लिने रु यो त सहमति हुन नदिने चालबाजी मात्र हो । यसो नगरौँ, मिलेरै अगाडि बढौँ ।

संशोधन विधेयक स्थगन गरौँ, चुनावमा जाऔँः ओली

संशोधन विधेयक ल्याउनु तपाईंहरूको बाध्यता होलान्, तर त्यो फिर्ता लिनैपर्छ । हामी विपक्षी पार्टीहरू विधेयक फिर्ता लिएपछि मात्र सदनको अवरोध खोल्ने सर्त बनाइरहेका छौँ । निर्वाचन गर्ने विषयमा मिति घोषणा गर्ने, कानुनहरू बनाउने विषयमा असहमति हाम्रो होइन । हामी निर्वाचनको पक्षमा छौँ । आतुर पनि छौँ । तर, संविधान संशोधन विधेयक स्विकार्न सकिँदैन । फिर्ता नलिए पनि हाल त्यसलाई स्थगन गर्नुहोस्, हामी त्यति लचिलो हुन तयार छौँ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका