Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
डडेल्धुराका विभिन्न स्थानमा आठवटा पुल निर्माण – Gaule Khabar

डडेल्धुराका विभिन्न स्थानमा आठवटा पुल निर्माण

डडेल्धुराका विभिन्न स्थानमा आठवटा पुल निर्माण

डडेल्धुरा,मंसिर ३० –

डडेल्धुराका विभिन्न गाउँका मानिसलाई वारिपारि जान र खोला तर्न सजिलोका लागि खोलामा पुल निर्माण कार्य धमाधम भइरहेको छ ।
यो आर्थिक वर्षभित्र नै काम सम्पन्न हुने गरी जिल्लाका विभिन्न स्थानमा आठवटा पुल निर्माण भइरहेको जिल्ला प्राविधिक कार्यालयका सहायक सवइन्जिनियर टेकबहादुर भण्डारीले जानकारी गराउनुभयो ।

जिल्लाका विभिन्न स्थानीय खोला र नदीमा दुईवटा स्टिल ट्रस र छवटा झोलुङ्गे पुल निर्माण भइरहेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । पुल निर्माण गर्ने क्रममा समैजी गाविसको सौकाण खोला र गाँखेत गाविसको ऐरी खोलामा स्टिल ट्रसपुल र अन्य अशिग्रामको कोटगाणे खोला, परशुराम नगरपालिका जोगबुढाको गाईबाँधेखोला र पनपा शीर्षको आनातोलीखोला, मष्टामाडौँको कुइतणाखोला, गणेशपुरको गर्ता ९फिन्नेकोट० खोला र रुपालको चाडीखोलामा झोलुङ्गे पुल निर्माण भइरहेको झोलुङ्गे पुलका फोकल व्यक्तिसमेत रहेका सहायक सवइन्जिनियर भण्डारीले जानकारी गराउनुभयो ।

स्थानीय खोलामा पुल निर्माण कार्यले विद्यार्थी, बालबालिका र सर्वसाधारणलाई आवतजावतका लागि सजिलो हुनाका साथै वर्षाको बेला खोलाले बगाउने र अकालमा ज्यान गुमाउनुसमेत नपर्ने भन्दै स्थानीय उपभोक्त हर्षित भएका छन् ।

जिल्लाको धेरै खोलाहरु र नदिमा पुल निर्माण हुन थाले पछि खोला तर्नसमेत सजिलो हुने सर्वसाधारण बताउँछन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका