Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नन्दहरि पत्रकारिता पुरस्कार कँडेललाई – Gaule Khabar

नन्दहरि पत्रकारिता पुरस्कार कँडेललाई

नन्दहरि पत्रकारिता पुरस्कार कँडेललाई

बागलुङ,माघ ९ –

नेपाल पत्रकार महासङ्घ बागलुङ शाखामा स्थापित नन्दहरि सिर्जनशील पत्रकारिता पुरस्कार– २०७२ बाट पत्रकार कोपिला कँडेल पुरस्कृत हुनुभएको छ ।
यहाँ आज आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले पत्रकार कँडेललाई पुरस्कार प्रदान गर्नुभयो । रु १५ हजार राशिसहितको उक्त पुरस्कार पाउनेमा कँडेल पहिलो पत्रकार महिला हुनुहुन्छ । बागलुङलाई कार्यक्षेत्र बनाई एक दशकदेखि पत्रकारितामा क्रियाशील कँडेलले पुरस्कारले आफूलाई थप उत्प्रेरणा थपेको प्रतिक्रिया दिनुभयो । कँडेल रेडियो नेपाललगायत स्थानीय सञ्चारमाध्यममा कार्यरत हुनुहुन्छ ।

शाखाका पूर्वअध्यक्ष हरिनारायण गौतम र उहाँको परिवारले आमा हरिकला र बुवा नन्दलाल गौतमको सम्मानमा २०६६ सालमा पुरस्कार स्थापना गर्नुभएको थियो । धवलागिरिलाई कार्यक्षेत्र बनाएका पत्रकारमध्येबाट ज्येष्ठता, क्रियाशीलता र निरन्तरतालाई प्राथमिकता दिई पुरस्कार दिने गरिएको छ ।
उक्त पुरस्कारबाट यसअघि बागलुङका राजेशचन्द्र राजभण्डारी र ज्ञानेन्द्र गौतम, म्याग्दीका घनश्याम खड्का तथा पर्वतका दुर्गाप्रसाद शर्मा र ओमप्रसाद घायल पुरस्कृत भइसक्नुभएको छ । -रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका