Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
तास सम्वन्धी रोचक जानकारी – Gaule Khabar

तास सम्वन्धी रोचक जानकारी

तास सम्वन्धी रोचक जानकारी

चितवन,मंसिर ३०

तास भनेर हामी तासलाई हेला गर्छौ, साँचो कुरा चाही तासलाई जुवाको रुपमा प्रयोग गरेर यसको दुरुपयोग गरेको हो, तासको वास्तविकता यस्तो छ । यसमा चार रङ छन । यि रङहरुको अर्थ यसप्रकार छन् ।
– पाना रङ रातो हुन्छ । यो वसन्त ऋतुको प्रतिक हो ।
– चिडिया रङ कालो हुन्छ । यो ग्रीष्म ऋतुको प्रतिक हो ।
– ईटा रङ रातो हुन्छ । यो शरद ऋतुको प्रतिक हो ।
– भोटे रङ कालो हुन्छ । यो शित ऋतुको प्रतिक हो ।

अर्थात तासको चार वटा चिन्ह वर्षका चार ऋतुहरु वसन्त्, ग्रीष्म्, शरद्, शितका प्रतिक हुन । एक पत्ती तासले एक हप्ता जनाउँछ । एउटा चिन्ह भएको तासको १३ वटा पत्तीहरु हुन्छन । एक ऋतुमा तीन महिना अर्थाथ १३ हप्ता हुन्छ । तासको चार वटा चिन्ह पाना, चिडिया, ईटा, भोटे र सबै पत्ती गन्दा अर्थाथ एक गडडिमा तास गन्दा ५२ पत्ती हुन्छ र एक वर्षमा ५२ हप्ता हुन्छ । एकका देखी बादशाह सम्मको १३ वटा पत्तिको दुबै फुट्टी गन्द ९१ हुन्छ । १३ हप्तामा ९१ दिन हुन्छ । १३ चौको बाउन्न हप्तामा ९१ चौको ३६४ दिन भयो । ५२ हप्ताको १ वर्ष र १ वर्षम ५२ साता ३६४ दिन हुन्छ । ५२ पत्ती तासमा जम्मा २ वटा जोकरहरु हुन्छ । ति जोकरहरु जतापनी मिल्छन । माथी भने अनुसार ५२ हप्ताको ३६४ दिन भयो । एक वर्षमा ३६५ पुप्याउँनु जुन हप्तामा वा जुन महिनामा १ दिन थप्नु पर्छ त्यो थप्ने काम एउटा जोकरले गर्छ । ीभबउ थ्भबच अधिक वर्ष मा ३६६ दिन हुन्छ । प्रयोग हुन बाकी रहेको एउटा थप जोकरा ीभबउ थ्भबच को लागी हो । एकिनसाथ तिथि–मिती भन्न नसके पनि तासको आविस्कर धेरै पहिले चिनमा भएको थियो भन्ने भनाइ छ । के भनिन्छ भने त्यसबेला चिनको वादशाहका धेरैवटी रानिहरु हुनेगर्थे , अरे । उनिहरुलाई दरबारको खोपी वाट वाहिर निस्कन दिदैन थियो अरे । अनि ति रानिहरुले दिन्, महिना ऋतु, चालपाउन क्यालेन्डरको रुपमा तासलाई प्रयोग गर्थे अरे । अहिले हामी तासको जुन रुप देख्छौ त्यो चाहिँ धेरै समय बिताई धेरै देश बिदेश डुली बनेको परिमार्जित रुप हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका