भारतीय वृद्ध मृत अवस्थामा फेला

भारतीय वृद्ध मृत अवस्थामा फेला

तनहुँ, मंसिर ३०–

तेस्रो डुम्रे सांस्कृतिक महोत्सवमा पिङ राख्न आएका एक भारतीय वृद्ध बुधबार मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीले दिएको जानकारीअनुसार भारतको अलिगढ जिल्ला सादगढी घर भएका ६० वर्षीय क्षेत्रपाल मृत अवस्थामा फेला परेका हुन् ।

बन्दीपुर नगरपालिका–४ स्थित सांस्कृतिक भवनअगाडि सडक किनाराको नालामा मृत अवस्थामा फेला परेका वृद्धको दमौली अस्पतालमा शवपरीक्षण गरी आफन्तजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । वृद्धको मृत्युको कारण खुल्न नसकेकाले अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ