Gaule Khabar
मङ्लबार, मंसिर २०, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

जातीय सद्भाव बढाउन राष्ट्रवादी पार्टीको माग

  • admin
  • बुधबार, मंसिर २९, २०७३
[sharethis-inline-buttons]
जातीय सद्भाव बढाउन राष्ट्रवादी पार्टीको माग

काठमाडौँ, मंसिर २९ –

राष्ट्रवादी पार्टीले जातीय तथा धार्मिक सद्भाव कायम राख्न सबैमा अपिल गर्नुभएको छ ।

सो पार्टीका केन्द्रीय संयोजक सहजात मिकरानीले आज यहाँ एक प्रेस विज्ञप्ति प्रकाशित गरी बाँके जिल्लाको क्षेत्र नं। २ स्थित मटेहियामा सोमबार भएको दुई पक्षीय झडपबाट सिर्जित घटनालाई आपसी सद्भाव र भाइचाराबाट साम्य पार्नुपर्ने अपिल गर्नुभएको हो ।

धार्मिक सदभाव बिथोल्ने गरी शान्तिपूर्ण जुलुसमा दुई पक्षबीच भएको झडपमा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्न सो पार्टीले माग गरेको विज्ञप्तिमा उल्लेख छ ।
सो घटनामा एक जनाको मृत्यु हुनाका साथै पाँचजना गम्भीर रुपले घाइते भएको विज्ञप्तिमा भनिएको छ । – रासस

[sharethis-inline-buttons]

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ