Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बन श्रोत केन्द्र भवन शिलान्यास, नारायणी अनलाईनकर्मी सम्मानित – Gaule Khabar

बन श्रोत केन्द्र भवन शिलान्यास, नारायणी अनलाईनकर्मी सम्मानित

बन श्रोत केन्द्र भवन शिलान्यास, नारायणी अनलाईनकर्मी सम्मानित

मकवानपुर, मंसिर २९–

सामुदायिक उपभोक्ता महासंघ जिल्ला शाखा मकवानपुरले पत्रकार, बन समूहलाई सम्मान गरेको छ ।
हेटौँडामा आज भएको महासंघको जिल्ला परिषदमा सामुदायिक बन क्षेत्रको बिकासमा सहयोग पुर्याएको भन्दै सम्मान गरेको हो । संस्कृती, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले पत्रकार रुपेश दुलाल, नारायणी अनलाईनकर्मी अशोकसुजन श्रेष्ठ र सञ्चारकर्मी भिमसेन पौडेललाई एक हजार पाँच सय रुपैँयासहित सम्मान गरे । त्यस्तै, सामुदायिक बन उपभोक्ता समूहहरु दामनको ऋषेश्वर, मनहरीको सिमपानी–देवकोट, हेटौँडाको न्यूरेनी, भुटनदेवी र बेतखोल्सी, छतिवनको सिमातमाई तथा सामुदायिक उपभोक्ता महासंघ नेपाललाई कदर पत्र प्रदान गरिएको थियो ।

मकवानपुरका बन समूहमध्ये उत्कृष्ट कार्य गरेको भन्दै समूहहरु र सामुदायिक उपभोक्ता महासंघ जिल्ला शाखा मकवानपुरलाई सहयोग गरेको भन्दै महासंघ केन्द्रलाई कदर पत्र प्रदान गरिएको हो । कार्यक्रममै राज्यमन्त्री बानियाँले हेटौँडा–१० सिसौघारीमा जिल्ला स्तरीय सामुदायिक बन श्रोत केन्द्र भवन सिलान्यास पनि गरे ।
कार्यक्रममा साँसदहरु राजाराम स्याङ्गतान, गणेश थापा, नेकपा एमालेकी गायत्री सुवेदी, नेकपा माओवादी केन्द्रका कमानसिँह पाख्रिन, जिल्ला बन कार्यालयका राजेन्द्र न्यौपाने, सामुदायिक बन उपभोक्ता महासंघ नेपालका उपाध्यक्ष हिमप्रकाश खड्का, महासचिव भारती पाठक लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

fecofun-makwanpur5
कार्यक्रम संस्कृती, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्य तथा सामुदायिक उपभोक्ता महासंघ जिल्ला शाखा मकवानपुरकी अध्यक्ष पञ्चमायाँ स्याङ्गतानको सभाध्यक्षतामा भएको थियो ।
कार्यक्रम संस्कृती, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्य तथा सामुदायिक उपभोक्ता महासंघ जिल्ला शाखा मकवानपुरकी अध्यक्ष पञ्चमायाँ स्याङ्गतानको सभाध्यक्षतामा भएको थियो ।
कार्यक्रममा अध्यक्ष स्याङ्गतानले नीति तथा कार्यक्रम, महासचिव शम्भुप्रसाद न्यौपानेले साङ्गठानिक प्रतिवेदन, कोषाध्यक्ष भक्तबहादुर खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

fecofun-makwanpur-2
मकवानपुरमा हस्तान्तरण भएको सामुदायिक वन समुह चार सय ११ वटा रहेका छन् । चार सय आठ वटाको बिधान दर्ता भएको समूहमध्ये सामुदायिक उपभोक्ता महासंघ मकवानपुरमा तीन सय २० वटा आबद्ध रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका