Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विद्यालयको आँगनमा शव दहन – Gaule Khabar

विद्यालयको आँगनमा शव दहन

विद्यालयको आँगनमा शव दहन

मेलम्ची, मंसिर २९ –

सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्रको रुपमा परिचित हेलम्बुको एक विद्यालयको आँगनमा शव जलाउने गरिएको छ ।

विद्यालय क्षेत्रमा शव जलाउने कार्यले विद्यार्थीलाई प्रदूषण मात्र होइन, उनीहरुको मानसिकतामा समेत प्रतिकुल असर परेको अभिभावकको गुनासो छ । हेलम्बु्–६ मेलम्ची घ्याङस्थित मेलम्चीघ्याङ माध्यामिक विद्यालयले हरेक वर्ष राम्रो नतिजा ल्याउने गरेको छ ।

सो क्षेत्रमा मेलम्ची घ्याङ गुठीले विद्यालय बनाउन जग्गा दिएपछि २७ वर्षअघि विद्यालय स्थापना गरिएको विद्यालयका प्रध्यानाध्यापक पूर्णप्रसाद गौतमले बताउनुभयो ।

गौतमकाअनुसार विद्यालय स्थापना गर्न जग्गा अभावको कारण गुठीले दिएको जग्गामा विद्यालय निर्माण गरिएको र सोही स्थानमा शेर्पा समुदायले शव जलाउने गर्दा पठनपाठनमा समस्या भएको बताउनुभयो ।

मेलम्ची घ्याङवासीले मेलम्चीघ्याङ गुठी गुम्बा चिनियाँ लामाको अधिकारमा रहने भएकाले गुठीसँगै बनेको चिहान आफूहरुले विद्यालय परिसरबाट हटाउन नसकेको स्थानीय तेञ्जेन लामाले बताउनुभयो ।

चिनियाँ लामाको अधिकारमा रहेको जग्गाको कारण उनीहरुले विद्यालयबाट चिहान समेत हटाउन नमानेको स्थानीयवासीको गुनासो छ ।
यसअघि पनि जिल्ला शिक्षा अधिकारीले पटकपटक उक्त गुठीमा अधिकार जमाउने बौद्धका चिनियाँ लामा रहेको र लामासँग विद्यालय परिसरमा शव नजलाउन आग्रह गर्दा समेत नमानेको गुनासो व्यक्त गर्नुभयो ।

विद्यालयको अगाडि शव जनाउने गरेकाले पठनपाठनमा समस्या हँुदै आएको विद्यार्थी बताउँछन् । कक्षा सञ्चालन हँुदा शवको दुर्गन्धले पढाउन समेत नसक्ने शिक्षकको गुनासो छ ।

विद्यालयको अन्यन्त्र जग्गा नभएकाले सोही स्थानमा विद्यालय निर्माण गरेको र शव जलाउने स्थान अन्यन्त्र सार्नुपर्ने स्थानीयवासी र विद्यालयको माग रहेको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका