Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढ्यो, के असर पर्ला नेपालमा ? – Gaule Khabar

अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढ्यो, के असर पर्ला नेपालमा ?

अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढ्यो, के असर पर्ला नेपालमा ?

काठमाडौं, मंसिर २९–

तेल निर्यातकर्ताहरुको संगठन (ओपेक)का साथै नन ओपेक देशहरुले कच्चा तेल उत्पादनमा कमी ल्याउने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । यसको असर नेपाललाई पनि पर्ने अर्थविदहरु बताउँछन् ।

किन बढ्यो कच्चा तेलको मूल्य ?

सन् २०१४ को जनवरीमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय ७.७८ अमेरकी डलर रहेको थियो । तर, दुई वर्षपछि सन् २०१६ को जनवरी २५ मा घटेर ३०.५ सम्म आाएको थियो ।

चीनले तेलमा खपत गर्ने मात्रामा ल्याएको कमी र अमेरिकाले पनि तेलको उत्पादन थालेसँगै बजारमा माग भन्दा तेलको उत्पादन बढी भयो र मूल्यमा ठुलो गिरावट आयो ।

यसले तेल नै मूख्य आयस्रोत भएका राष्ट्रहरुमा आर्थिक मन्दी छायो । भेनेजुयलाका साथै अन्य तेल उत्पादक देशहरु पनि आर्थिक मन्दीतिर धकेलिए । रुस पनि अछुतो रहन सकेन ।

ओपेकमा संलग्न राष्ट्रहरुले मात्रै विश्वमा उत्पादित तेलको एक तिहाई तेल उत्पादन गर्छन् । ओपेकमा संलग्न राष्ट्रहरुले प्रत्येक दिन ३३ लाख ब्यारेल तेल उत्पादन गर्छन् । तेलको मूल्यका कारण आर्थिक मन्दी छाएपछि ओपेक र नन ओपेक राष्ट्रहरु तेल उत्पादनमा कमी ल्याएर मूल्य बढाउन जुटेका हुन् ।

crude-iol-kachcha-tel
आपेकमा अल्जेरिया, इरान, इराक, कुबेत, लिबिया, साउदी अरेबिया, दुबई र भेनेजुयला जस्ता राष्ट्रहरु छन् । ओपेकले अब प्रतिदिन १२ लाख ब्यारेल तेल कटौती गर्ने निर्णय गरेको छ । जुन आगामी जनवरी सुरुवातीसँगै लागू हुन्छ ।

ओपेकको यो निर्णयपछि नन ओपेक राष्ट्रहरु पनि छलफलमा जुटे र तेल उत्पादन कटौती गर्ने निर्णयमा पुगे । नन ओपेक राष्ट्रमा पर्ने रसिया पनि यसमा सकारात्मक देखिएको छ । बहराइन र मेक्सिकोले पनि तेल उत्पादनमा कटौति गर्ने भएका छन् ।

नन ओपेक राष्ट्रहरुले गत शनिबार प्रत्येक दिन ५ लाख ५८ हजार तेल कटौति गर्ने निर्णय गरेका छन् । र, कच्चा तेलको भाउ दिनदिनै जस्तो बढेको छ ।

अन्र्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ अहिले प्रतिब्यारेल ५७.८९ अमेरिकी डलर पुगेको छ ।

नेपालमा के असर पर्छ ?

कच्चा तेल रिफाइन गर्ने उद्योग अभावका कारण नेपालले अहिले भारतबाट प्रशोधित तेलको आयात गर्दै आएको छ ।

अर्थशास्त्री पोषराज पाण्डेकाअनुसार करिब १७ वर्ष अघिसम्म नेपाल आयल निगमले अन्य देशबाट कच्चा तेल किनेर भारतीय रिफाइनरी कम्पनीलाई रिफाइन गर्न दिन्थ्यो ।

तर, पछिल्लो समय भारतीय आयल कर्पाेरेशन (आईओसी)बाट रिफाइन गरेको तेल मात्रै किन्ने गरेको छ ।

अब अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि आईओसीले रिफाइन तेलको मूल्य बढाउन सक्छ । कच्चा तेलको मूल्य थोरै घटबढ हुँदा मूल्यमा फरक नदेखिएपनि ठुलो घटबढ हुँदा भने आईओसीले तेलको मूल्यमा थपघट गर्ने गरेको छ ।

अर्थविद प्रा. डा. विश्वाम्भर प्याकुरेलले भन्छन्, ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्दा नेपाललाई दिने तेलको मूल्य नघटाएका थुप्रै उदाहरणहरु छन् । तर, कच्चा तेलको मूल्य बढ्दा आईओसीले सँधै भाउ बढाउने गरेको छ ।’

आयल निगमका प्रवक्ता भानुभक्त खनालले ‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दैमा नेपालमा पनि बढ्छ भन्ने कुनै निश्चित नभएको बताउँछन् । तर, ठुलो मात्रामा कच्चा तेलको मूल्य बढ्यो भने आईओसीले पनि मूल्य बढाउने उनको भनाइ छ ।

आईओसीले मूल्य घटाउँदा नेपाल आयल निगमले खासै नघटाएपनि बढाउँदा भने तत्काल बढाएको देखिन्छ । भारतको अघोषित नाकाबन्दीको समयमा नेपाल आयल निगमलाई ११ रुपैयाँ नाफा रहेको थियो । बेलाबेलामा पेट्रोलमा एक लिटरमै आयल निगमले २१ रुपैयाँसम्म नाफा लिएको तथ्य पनि छ ।

घटेको बेला तत्काल नघटाउने भएपनि बढेको बेला तत्काल मूल्य बढाउने आयल निगमको प्रचलन छ ।

अर्थशास्त्री पोषराज पाण्डे पनि अन्र्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेसँगै नेपालमा मूल्य बढ्न सक्ने बताउँछन् । उनले भने ‘कच्चा तेलको भाउ बढेपछि रिफाइनरी आयलको लागत बढ्छ, जसका कारण नेपाल आउने तेलको मूल्यमा पनि बृद्धि हुन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका