Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ट्रम्पको सपथ ग्रहणमा २ लाखमात्र सहभागी भएको मिडियाको दाबी, ट्रम्प भन्छन्– १५ लाख थिए – Gaule Khabar

ट्रम्पको सपथ ग्रहणमा २ लाखमात्र सहभागी भएको मिडियाको दाबी, ट्रम्प भन्छन्– १५ लाख थिए

ट्रम्पको सपथ ग्रहणमा २ लाखमात्र सहभागी भएको मिडियाको दाबी, ट्रम्प भन्छन्– १५ लाख थिए

अमेरिका, माघ ९ –

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सञ्चारमाध्यमहरुलाई आफ्नो सपथ ग्रहण कार्यक्रममा उपस्थित सहभागीहरुको संख्याको बारेको रिपोर्टिङलाई लिएर बेइमानको संज्ञा दिएका छन् ।

ट्रम्पले अमेरिकी मिडिया तथा टेलिभिजनहरुले सपथ ग्रहण समारोहमा सहभागीहरुको संख्यालाई लिएर गलत रिपोर्टिङ गरेको बताएका छन् । उनका अनुसार पत्रिकाहरुको तस्बिरहरुमा अर्कै देखिए पनि वाशिङ्टन मोनुमेन्टमा धेरै दर्शक आएका थिए ।
“शुक्रबार त्यहाँ १५ लाख मान्छे उपस्थित थिए,” ट्रम्पले सञ्चारमाध्यमले केवल दुई लाखमात्र उपस्थित भएको तथ्यलाई नकार्दै भने । उनले वाशिङ्टन मोनुमेन्टमा पछाडिसम्मै दर्शक सहभागीले भरिएको दाबी गरे पनि वास्तममा त्यस्तो भने थिएन ।

पछि पत्रकार सम्मेलनमा ह्वाइटहाउसका प्रेस सेक्रेटरी सिन स्पाइसरले ट्रम्पको सपथ ग्रहणमा अहिलेसम्मकै धेरै मानिसहरुको भिड जम्मा भएको दाबी गरेका थिए ।

पत्रकारसँग कड्किँदै उनले भने, “सपथ ग्रहणमा दर्शकको सहभागिताको बारेमा उत्साह कम गर्ने प्रयास लाजमर्दो तथा गलत हो ।”
तस्बिर र टेलिभिजन फुटेजबाहेक वाशिसङ्टनको मेट्रो प्रणलीले पनि ट्रम्पको सपथ ग्रहण समारोहमा यसअघिको सपथ ग्रहण समारोहमा भन्दा कम मानिस सहभागी भएको बताएको छ । मार्केटिङ फर्म निलसनले पनि ट्रम्पको सपथ ग्रहणमा बाराक ओबामा र रोनाल्ड रेगनको पहिलो सपथ ग्रहण समारोहमा भन्दा कम मान्छे उपस्थित भएको जनाएको छ ।

स्पाइसरले अगाडि थपे, “मिडियाहरुमा विभिन्न जिम्मेवारीहरुप्रति राष्ट्रपति ट्रम्प जवाफदेही बन्नुपर्ने कुरा आएका छन् । तर, म यहाँ उभिएर भन्छु, यो दुईतर्फी हुन्छ । हामी प्रेस पनि जवाफदेही बनाउन गइरहेका छौं ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका