सिडिओ कार्यालयमा बम राख्ने गोइतका कार्यकर्ता प्रहरी फन्दामा

सिडिओ कार्यालयमा बम राख्ने गोइतका कार्यकर्ता प्रहरी फन्दामा

काठमान्डों,मंसिर २०-

 

जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रेसर कुकर बम राखेर आतंक मच्चाउने जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारी (गोइत समुह) का दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

गएको मंसिर १२ गते जिल्ला प्रशासन कार्यालमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको थियो ।
घटनाको सुक्ष्म अनुसन्धानपछी सिराहाको गौरिपुर–५ बस्ने नथुनी यादव र राजविराजका भवानी प्रसाद यादवलाई सप्तरीको मलेठबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी दिवेश लोहनीले जानकारी दिए ।
पक्राउ परेका नथुनी यादव कर्तब्य ज्यान मुद्धाका फरार अभियुक्त समेत रहेको पाईएको छ । यसबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयको पावर ब्याकअपको लागी ब्याट्री राखिएको कोठाभित्र फेला प्रेशर कुकर बम डिस्पोज गर्ने क्रममा प्रहरी हवल्दार कर्ण बहादुर वि.क, जवान राजेश तामाङ, विनोद राजवंशी तथा नेपाली सेनाका जवानहरु चन्द्र प्रकाश गुरुङ र मधुकर उप्रेती समेत गरी पाँच जना सुरक्षाकर्मी घाईते भएका थिए । घाईतेहरु उपचार भईरहेको एसपी लोहनीले जानकारी दिए ।
घटनास्थलमा गोईत समुहको पर्चा पम्प्लेट फेला परेको थियो भने विष्फोटक पदार्थ फेला परेको करिब १५ मिनेटपछी जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष जयकृष्ण गोइतले ‘विष्फोटक पदार्थ राख्न सफल भएको’ भन्दै विज्ञप्ती प्रकाशन गरेका थिए ।
पक्राउ परेका नथुनी यादव र भवानी यादवलाई विष्फोटक पदार्थ तथा संगठीत अपराध अन्तर्गत म्याद लिएर अनुसन्धान भईरहेको लोहनीले जानकारी दिए ।
विष्फोटक पदार्थ ऐन अनुसार उनिहरुलाई दुई बर्ष जेल र विस हजार जरिवाना हनुसक्छ । त्यस्तै संगठीत अपराध निवारण ऐन अनुसार ३ देखी दश बर्ष कैद सजाय हुनसक्ने कानुनी ब्यवस्था रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ