दुई नम्वर प्रदेश निर्माणमा गल्ती भएकै होः महासचिव पोखरेल

दुई नम्वर प्रदेश निर्माणमा गल्ती भएकै होः महासचिव पोखरेल

सुवास पण्डित,
चितवन, मंसिर २८–

नेकपा एमालेका महासचिव इश्वर पोखरेलले दुई नम्वर प्रदेश निर्माणमा एमालेले सहितका दलले गल्ती गरेको बताउनुभएको छ ।

एमाले चितवनले जिल्ला पार्टी कार्यालय भरतपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई आज सम्वोधन गर्दै महासचिव पोखरेलले आगामी दिनमा पहाडमा पनि तराईका जिल्लाहरु राखेर मिलाइने बताउनुभयो । मधेशी मोर्चाको माग सम्वोधन गर्ने क्रममा २ नम्वर प्रदेशमा मधेशका मात्र जिल्ला राख्न आफुहरु पनि बाध्य भएको भन्दै पोखरेलले भन्नुभयो, “यो हामीबाट गल्ती भएकै हो, यो रणनीतिक चाल अनुसारको माग रहेछ एमालेले बुझ्दै छ ।”

महासचिव पोखरेलले एमालेले संविधान संसोधन प्रस्ताव राष्ट्रघाती र दुरगामी असर गर्ने खालको भएकोले संविधान संसोधन प्रस्ताव संसदबाट फेल हुन जान्दा जान्दै र स्पष्ट गणित हुँदा समेत लैजान नदिएको बताए । उहाँले नेपालमा संविधान जारी गर्न नदिने भारत नै नेपालको सरकार र केही राजनीतिक दलहरुलाई हतियारका रुपमा प्रयोग गरी संविधान कार्यान्वयनमा भाँजो हाल्न खोजेको आरोप लगाए ।

तस्विरः फाईल

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ