एक कप चिया पिउँदै ‘सानो घर’लाई सहयोग

एक कप चिया पिउँदै ‘सानो घर’लाई सहयोग

चितवन, मंसिर २८–

सहाराविहीन बालबालिकाहरुलाई आश्रय दिईरहेको ‘सानो घर’ लाई सहयोगार्थ ‘एक कप चिया’ कार्यक्रम गरिएको छ ।
आज (मंगलबार) विहान नारायणगढस्थि नारायणी मोटर्स अगाडी एक कप चिया विक्रीबाट संकलित रकम आज ‘सानो घर’लाई सहयोग प्रदान गरिएको हो । आजको कार्यक्रमबाट संकलित ७० हजार ६ सय ३५ रुपैयाँ सानो घरकी संचालिका विमला श्रेष्ठलाई प्रदान गरिएको छ ।
नारायणी मोटर्स, हर्ट फाउण्ड नेपाल, रोटर्याक्ट क्लव अफ भरतपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । खाएर पनि समाज सेवा गर्न सकिन्छ भनेर यस कार्यक्रम गरिएको आयोजक नारायणी मोटर्सका संचालक बालगोपाल चुकेले जानकारी दिनुभयो । कार्यक्रमको अनलाईन पार्टनर नारायणी अनलाईन डटकम र रेडियो पार्टनर रेडियो त्रिवेणी रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ