Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनका सुनचाँदी व्यवसायी आन्दोलित, आज सबै सुनचाँदी पसल बन्द – Gaule Khabar

चितवनका सुनचाँदी व्यवसायी आन्दोलित, आज सबै सुनचाँदी पसल बन्द

चितवनका सुनचाँदी व्यवसायी आन्दोलित, आज सबै सुनचाँदी पसल बन्द

चितवन, माघ २८–
चितवनका सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन् ।

नारायणगढको व्यस्तबजारमा रहेको आधुनिक सुनचाँदी पसलबाट करोडौको गरगहना तथा नगद (सुन ४.५ केजी, चाँदी १० केजी, नगद सात लाख रुपैयाँ) चोरी भएको एक हप्ता बितिसक्दा पनि प्रशासनले केहि तथ्य बाहिर ल्याउन नसकेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन् । व्यवसायीहरुले बिरोध स्वरुप आज चितवनका सबै सुनचाँदी पसलहरु बन्द गरेका छन् । अझै सम्म पनि चोरी गर्ने व्यक्तिहरु पक्राउ नपरेकाले प्रशासनलाई दवाब दिन आज एक दिनका लागि साँकेतिक बिरोध स्वरुपम पसलहरु बन्द गरिएको नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष जीवनज्योती शदासंकरले नारायणी अनलाईनलाई जानकारी दिनुभयो ।

उहाँले छिटो भन्दा छिटो चोर पत्ता लगाई चोरी भएको गरगहना तथा नगद फिर्ता दिलाउनको लागि प्रशासनलाई दबाबस्वरुप आजै (शुक्रबार) ज्ञापन पत्र समेत बुझाईएको जानकारी दिनुभयो । दवाब स्वरुप व्यवसायीहरु आधुनिक सुनचाँदी पसलबाट मौन जुलुश निस्किई जिल्ला प्रशासन कार्यालय पुगेका थिए । चितवनमा करिव ५ सयको हाराहारीमा सुनचाँदी व्यवसायीहरु रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका