Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ओली सरकारको प्राथमिकताले नै अहिले लोडसेडिङ कम गर्न सम्भव – Gaule Khabar

ओली सरकारको प्राथमिकताले नै अहिले लोडसेडिङ कम गर्न सम्भव

ओली सरकारको प्राथमिकताले नै अहिले लोडसेडिङ कम गर्न सम्भव

काठमाडौँ, मङ्सिर २८ –

 नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले विभिन्न २३ वटा परियोजनाबाट करिब ३०७ मेगावाट विजुली थप उत्पादन भएकाले हाल विद्युत्भार कटौति (लोडसेडिङ) कम गर्न सम्भव भएको जनाएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष रामेश्वर पौडेलले काठमाडौँ उपत्यकाको अहिलेको माग पनि त्यति नै रहेकाले विद्युतभार (लोडसेडिङ) मा कमी गर्न सम्भव भएको जानकारी दिनुभयो ।

उहाँले ओली सरकारका पालामा विद्युतभार कटौति गर्ने कार्यलाई प्राथमिकतामा राखिएको र विद्युत उत्पादक कम्पनीलाई प्रोत्साहन गरिएकाले नयाँ आयोजना निर्माण भएको तथा भूकम्पले क्षति भएका आयोजना पुनः सञ्चालन भएको हुँदा नै हाल विद्युतभार कटौतिमा कमी गर्न सहज भएको विचार व्यक्त गर्नुभयो ।

प्राधिकरण सञ्चालक समितिका सदस्य सुरज लामिछानेले विद्युतको माग बढेपछि विद्युतभार पुनः कटौति हुनसक्ने खतरा रहेकाले समयमै त्यसको विकल्प खोज्नुपर्नेमा जोड दिनुभयो ।

गत वर्ष भारतबाट २२७ मेगावाट विजुली आयात गरिएकोमा यसवर्ष ५६ मेगावाट आयातमा वृद्धि भएको पनि युनियनले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका