न्यायाधीश र कानुन व्यवसायीको फुटबल पुसमा

न्यायाधीश र कानुन व्यवसायीको फुटबल पुसमा

काठमाडौँ, मंसिर २७–

नेपाल बार एसोसिएसनको ६०औँ वार्षिकोत्सवका अवसरमा आगामी पुस १, २ र ७ गते न्यायाधीश र कानुन व्यवसायीबीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ ।

एसोसियसनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बारका अध्यक्ष शेरबहादुर केसीले मैत्रीपूर्ण फुटबल खेलले न्यायाधीश र बारबीचको सम्बन्ध सुमधुर हुने बताउनुभयो । एन्फा ग्राउन्ड सातदोबाटोमा हुने खेलमा न्यायाधीश समाज र काठमाडौँ उपत्यकामा रहेका सबै बारको सहभागिता रहनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ