Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चिनियाँ प्रतिनिधि मण्डलको स्वागत – Gaule Khabar

चिनियाँ प्रतिनिधि मण्डलको स्वागत

चिनियाँ प्रतिनिधि मण्डलको स्वागत

काठमाडौं, मंसिर १७–

प्रेस काउन्सिल नेपालले आज (शुक्रबार) राजधानीमा चिनियाँ प्रतिनिधि मण्डलको स्वागत तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधि मण्डललाई दोसल्ला ओढाएर स्वागत गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले भन्नुभयो – “ऐतिहासिक कालदेखि नै नेपाल–चीन सम्बन्ध समस्यारहित असल छिमेकीको रुपमा रहँदै आएको छ, चीनलाई संकटको अवस्थामा सहयोग गर्ने असल छिमेकीको रुपमा बुझ्दछौं, हामी एक चीन नीतिप्रति प्रतिवद्ध छौं ।”

img_3555-medium
अध्यक्ष कार्कीले शान्ति र विकासको लागि नेपाली मिडियाले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै चिनिया मिडिया र नेपाली मिडियाबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन सकेमा दुवै देशको लागि निकै उपलब्धीमूलक हुने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल–चाईना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले चीन सरकार र त्यहाँका जनताले नेपालप्रति देखाएको असल छिमेकीपनको चर्चा गर्दै नेपाल–चीन सम्वन्धलाई थप उँचाईमा पुर्याउन दुवै देशका मिडियाको उत्तिकै भूमिका रहने बताउनुभयो ।

img_3553-medium
चिनियाँँ प्रतिनिधिमण्डलका तर्फवाट लु योङ् मिङ्ले हजारौं वर्षदेखि दुई देशबीचका जनताको सुसम्वन्ध रहेको स्मरण गराउँदै नेपालको समृद्धि र बिकासका लागि चीन सदैब तत्पर रहने बताउनुभयो । सो अवसरमा मिङ्ले नेपालका विभिन्न स्थलमा भ्रमणका क्रममा खिचेको दशौंहजार तस्विरहरुको संगालो प्रेस काउन्सिललाई हस्तान्तरण गर्नुभयो ।

img_3576-medium

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका