Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रेम कथामा आधारित ‘समर्पण’ – Gaule Khabar

प्रेम कथामा आधारित ‘समर्पण’

प्रेम कथामा आधारित ‘समर्पण’

चितवन, मंसिर २६–

यही पुस १५ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘समर्पण’को प्रचार–प्रसार तिव्र पारिएको छ ।
फिल्म युनिट अहिले प्रचार–प्रसार अभियानमा देशदौडाहामा निश्किएको. छ । यसैक्रममा युनिट आइतबार चितवनको नारायगढ आइपुग्यो । नारायणगढमा पत्रकार सम्मेलन गर्दै उनीहरुले फिल्मको बारेमा जानकारी गराएको छ । “फिल्म युवा पुस्ताको कथा हो, त्रिकोणात्मक प्रेममा फिल्मको कथा घुमेको छ”– फिल्मको कथाबारे प्रस्तुतकर्ता एवं कलाकार रोजन रखालले भने । उनले फिल्मले युवा पुस्ता कसरी गलत बाटोमा लाग्दछन र कसरी सुधार्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने बताए । नेपालसहित बंगलादेशमासमेत खिचिएको फिल्ममा लगानी ६१ लाखभन्दा माथि भइसकेको उनले जानकारी दिए ।
फिल्मका अर्का कलाकार तथा कोरियोग्राफर बिश्वास लामाले फिल्मले नयाँ जेनेरेसनको मित्रताको कथा पेश गर्ने बताए । “स्वतन्त्र र रमाइलो जीवन जिउने युवाको कथा नै फिल्म हो”– उनले भने । कार्यक्रममा उपस्थित नायिकाद्धय रञ्जु शर्मा र रुबी शर्माले आआफ्नो भुमिकाबारे बोल्दै फिल्म उत्कृष्ट बनेको दाबी गरे । त्यस्तै कलाकार अजय तामाङ र अमृत शाही ठकुरीले पनि फिल्म तुलनात्मक रुपमा अब्बल बनेको बताए । कलाकारहरुले फिल्म हेरिदिन सबैलाई आग्रहसमेत गरे । सो युनिट चितवनपछि सर्लाहि हुँदै पूर्वका विभिन्न स्थानमा प्रचारका लागि गएको छ । बसन्त निरौलाको निर्देशनमा बनेको फिल्मका निर्माता बंगलादेशी नागारिक इमरान सिद्धिकि हुन् । फिल्मलाई टिकाराम रखालले लेखेका हुन भने कुमार महर्जनको द्धन्द, बिश्वास लामा र संग्राम लामाको नृत्य, दिव्य सुवेदी र जयकुमार दर्लामीको छयांकन र टंक बुढाथोकिको सँगीत रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका