Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भोजपुरमा मानव अधिकार उल्लङ्घनका ६४ घटना – Gaule Khabar

भोजपुरमा मानव अधिकार उल्लङ्घनका ६४ घटना

भोजपुरमा मानव अधिकार उल्लङ्घनका ६४ घटना

भोजपुर, मंसिर २३–

भोजपुरमा मानव उल्लङ्घनका ६४ घटना सार्वजनिक गरिएको छ । आज अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), भोजपुरले सदरमुकाममा आयोजना गरेको एक कार्यक्रममा यस्तो बताइएको हो ।

सन् २०१६ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा हत्या १०, बलात्कार १५, बहुविवाह दुई, घरेलु हिंसा १३, दुव्र्यबहार पाँच, कुटपिट ११, धम्की पाँच, बालविवाह एक, यातना एक र जबर्जस्ती एक गरी ६४ वटा घटना घटेको इन्सेक प्रतिनिधि किरण राईले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले वैदेशिक रोजगारीको कारणले बढी हिंसा निम्तिएको बताएका छन् । कार्यक्रममा अर्धवार्षिक पूर्वसमीक्षाको कार्यपत्रसमेत प्रस्तुत गरिएको थियो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका