Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ध्यान नदिँदा लोप हुने भयो भेडा व्यवसाय – Gaule Khabar

ध्यान नदिँदा लोप हुने भयो भेडा व्यवसाय

ध्यान नदिँदा लोप हुने भयो भेडा व्यवसाय

रामपुर (पाल्पा),मंसिर २६ –

आयआर्जनको राम्रो माध्यम बन्दैआएको भेडापालन व्यवसायमा किसानको उचित ध्यान नपुग्दा जिल्लाबाटै लोप हुने भएको छ ।

यहाँका किसानले भेडाका लागि खोर व्यवस्थापन, आहारा, चरन, उपचार र सरसफाइमा ध्यान नदिँदा यो व्यवसाय लोप हुन लागेको हो ।

जिल्लाको कसेनी, रुप्से, चिदीपानी, हुमिन गाविसको तल्लो क्षेत्र र रामपुर नगरपालिकाको बेझाडस्थित दरैगाउँमा व्यावसायिक रुपमा भेडा पालिन्थ्यो । पहिला यहाँ गाई, गोरु, बाख्राका तुलनामा भेडाको सङ्ख्या धेरै हुन्थ्यो तर अहिले भेडा नै लोप हुन लागिसकेका छन् ।

कसेनीका बुद्धिबहादुर कुमालले एक बखत मैले यहाँ झण्डै ५० वटा भेडा चराउने गर्दथेँ तर अहिले एउटा भेडा पनि देख्न पनि मुस्किल परेको छ भन्नुहुन्छ ।

युवा पुस्ताले पुरानो व्यवसाय नअपनाउने, व्यवस्थापन पक्ष कमजोर र वैदेशिक रोजगारतर्फ आकर्षण बढेकाले यो व्यवसाय हराउँदै गएको उहाँ बताउनुहुन्छ ।

हिन्दूको धार्मिक संस्कारमा पञ्चवली चढाउँदा भेडा अनिवार्य मानिन्छ । बोकाको तुलनामा भेडाको भाले ९थुमे० को मूल्य दोब्बर पर्ने भएकाले गाउँमा केही व्यक्तिले मात्र न्यूनरुपमा मात्र भेडा पालेका छन् ।

भेडा बिरामी हुँदा उपचारमा ध्यान नदिने गरेका कारण पनि यो व्यवसाय लोप हुँदै गएको स्थानीय बासिन्दा तिलकराम घिमिरेको भनाइ छ ।
मदनपोखरास्थित पशुसेवा केन्द्रका प्राविधिक शेरबहादुर राना पनि कुनै समस्या हुँदा प्राविधिकको सल्लाह लिने, परीक्षण गर्नेजस्ता कार्यमा चासो नदिएकाले भेडापालन व्यवसाय लोपहुँदै गएको बताउँनुहुन्छ ।

आधुनिक खोर निर्माण गरेर व्यावसायिक रुपमा भेडा पाल्नसके आम्दानीको राम्रो माध्यम हुने सम्बद्ध क्षेत्रका प्राविधिकको भनाइ छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका