Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दमकल पाइएपछि आगलागी नियन्त्रणमा सहजता – Gaule Khabar

दमकल पाइएपछि आगलागी नियन्त्रणमा सहजता

दमकल पाइएपछि आगलागी नियन्त्रणमा सहजता

भक्तपुर, मंसिर २६ –

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र मध्यपुरथिमि नगरपालिकाको संयुक्त लगानीमा रु ६३ लाख खर्चेर २०७० साल भदौ २४ गते ल्याएर थन्किएको दमकल जुद्ध वारुणयन्त्र भक्तपुरलाई हस्तान्तरण गरिएपछि आगलागी नियन्त्रणमा राहत मिलेको छ ।

स्थानीय विकास मन्त्रालयले दमकल सञ्चालन गर्न कर्मचारीको दरबन्दी नपठाएको र नगरपालिकाको आन्तरिक स्रोतबाट पनि सञ्चालन गर्न नसक्ने भएपछि मध्यपुरथिमि नगरपालिकाले आफूले ल्याएको दमकल दुई वर्षदेखि कोरिया नेपाल मैत्री अस्पतालको आँगनमा थन्क्याएको थियो ।

भक्तपुर जिल्ला प्रशासन कार्यालयमा यही मङ्सिर १० गते नगरपालिकाको उक्त दमकल प्रजिअ तेजप्रसाद पौडेलको हातबाट जुद्ध वारुणयन्त्र भक्तपुरलाई हस्तान्तरण गरिएको थियो । नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले नगरपालिका एक्लैले दमकल सञ्चालन गर्न नसक्ने भएपछि यत्तिकै राखेर थोत्रो बनाउनुभन्दा वारुणयन्त्रलाई दिनु उपयुक्त सम्झेर हस्तान्तरण गरिएको बताउनुभयो ।

नगरपालिकाका कानुन अधिकृत केशव सिलवालले भक्तपुरमा घना बस्ती बढ्दै गएका अवस्थामा बस्तीको सुरक्षाका लागि पनि दमकल चलाउनुपर्ने भएकाले वारुणयन्त्रलाई हस्तान्तरण गरी सहज सञ्चालनको व्यवस्था गरिएको हो भन्नुभयो । उहाँका अनुसार नगरपालिकाले एक कर्मचारी दिने र अरू कर्मचारी वारुणयन्त्रले नै व्यहोर्ने गरी सम्झौता भएको जानकारी दिँदै दमकल सञ्चालनका लागि भक्तपुरका छ नगरपालिकाले आवश्यक सहयोग गर्ने गरी प्रजिअ, स्थानीय विकास अधिकारी, सबैै नगरपालिकाका कार्यकारी अधिकृत, वारुणयन्त्र कार्यालयका प्रमुखसमेत रहने गरी दमकल सञ्चालन कोष बनेको छ ।

जुद्ध वारुणयन्त्र भक्तपुरका प्रमुख विजय धौभडेलले चालु अवस्थामा एक मात्र पुरानो दमकल रहेको कार्यालयमा नगरपालिकाले नयाँ दमकल दिएपछि अब आगलागी नियन्त्रणमा सहज हुने आशा गरिएको बताउनुभयो । विगतमा पनि भक्तपुरलगायत, काठमाडौँ, ललितपुरदेखि पूर्वका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र रामेछापसम्म सेवा दिँदै आएको यहाँको दमकलले अब छिमेकी जिल्लामा समेत सेवा दिन सक्ने भएको छ ।
वारुणयन्त्र कार्यालयका दुई दमकल चल्नै नसक्ने गरी थन्किएका छन् । अब थप एक दमकल ल्याउन सके ठूलो आगलागी नियन्त्रणमा थप सहयोग पुग्ने धौभडेलको भनाइ छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका