Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एक अर्बको लगानीमा पोखरामा केबलकार निर्माण सुरु,निर्माणको जिम्मा चितवन कोर्इलाई – Gaule Khabar

एक अर्बको लगानीमा पोखरामा केबलकार निर्माण सुरु,निर्माणको जिम्मा चितवन कोर्इलाई

एक अर्बको लगानीमा पोखरामा केबलकार निर्माण सुरु,निर्माणको जिम्मा चितवन कोर्इलाई

पोखरा,मंसिर २९-

एक अर्बको लगानीमा पोखरामा केबलकार निर्माण सुरु भएको छ।अन्नपूर्ण केबलकार प्रालिले डेढ वर्षभित्र केबलकार सञ्चालनमा ल्याउने गरी वुधबार भूमिपुजा भएको छ।पोखराको सेदीबगरदेखि सराङकोटसम्म साढे दुर्इ किलोमिटर लामो केबलकार चल्नेछ। नेपाली व्यवसायी समूहको ८५ र जापानी समूहको १५ प्रतिशत लगानीमा केबलकार परियोजना सुरु भएको कम्पनी अध्यक्ष कालु गुरुङले जानकारी दिए ।

जापानी समूहमा टाकासी मियाहराको लगानी छ। पहिले मियाहरा जापानी नागरिक थिए तर धेरै बर्ष अगाडी जापानी नागरिकता त्यागेर उनी नेपाली नागरिक भएका थिए। मियाहरा ललितपुरमा रहेको होटल हिमालयका संचालक हुन् । उनले साराङकोटमा समेत सुविधा सम्पन्न होटल निर्माण गरिरहेका छन्  । स्थिर पुँजी ५८ करोड ५० लाख र चालु पुँजी एक करोड ५० लाख गरी कुल ६० करोड रुपैंयाँ कुल पुँजीमा केबलकार निर्माण गर्न लागिएको हो ।

१० प्रतिशत लगानी स्थानीय समुदायको रहने र भविष्यमा पब्लिक लिमिटेडमा परिणत गरिने उनले बताए। उनका अनुसार बोर्डको बैठक बसेर ४९ प्रतिशत सेयर सर्वसाधारणलाई दिइनेछ । केबलकारमा सनराइज बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंक लगायतले लगानी गर्नेछन्।

जापानी कम्पनी निप्पोनको प्रविधिबाट बन्ने केबलकारमा १६ देखि ३६ डिब्बा रहनेछन् । २ हजार १ सय मिटर दुरीमा १४ वटा पोल रहने केबलकारमा ७ देखि ९ मिनेटसम्मको यात्रा हुने रोपवे नेपालका अध्यक्ष गुणराज ढकालले बताए । केबलकार यात्रामा हिमाल, ताल र  पोखराको उत्कृष्ट दृश्यावलोकन हुने भएकाले पर्यटकका लागि नयाँ गन्तब्य बन्ने अध्यक्ष गुरुङले बताए ।

केबलकारको यात्रामार्फत एकैपटक फेवाताल, शान्ति स्तूपा, हिमश्रृंखला र पोखराबजारसँगै आसपासका स्थान अवलोकन गर्न सकिनेछ । यात्राकै बेलामा यात्रुले केबलकारको डिब्बाबाटै सूर्यौदय र सूर्यास्त  सहज रुपमा देख्न सकिने अध्यक्ष गुरुङले बताए । सराङकोट सूर्योदय दृश्यावलोकनका लागि प्रख्यात भएकाले बिहान साढे ५ बजेबाट नै केबलकार सञ्चालन गरिने उनले बताए।

केबलकार निर्माणको जिम्मा चितवन कोर्इले पाएको छ।सराङकोटमा दैनिक ३ हजार ५ सय देखि ४ हजार पर्यटक पुग्ने गर्छन् । पोखराबाट सराङकोट पुग्न ट्याक्सीले कम्तीमा १५ सय रुपैयाँ भाडा लिन्छ भने समय ४५ मिनेट लाग्छ । पश्चिमाञ्चल होटेल एसोसिएसन पोखराका अध्यक्ष भरतराज पराजुलीले केबलकार पोखराको गौरवको आयोजना भएको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका